दाङ,६ चैत । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको स्थानीय आर्थिक विकास समितिको सदस्यमा दाङ घोराही निवासी व्यवसायी खड्ग बहादुर बुढाथोकी मनोनित भएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघले दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष रहेका बुढाथोकी नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत रहेको स्थानीय आर्थिक बिकास समितिको विशेष आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै उनले उद्योग बाणिज्य संघलाई सशक्त रुपमा अगाडी बढाउने कार्यक्रममा बुढाथोकी सम्मिलित समितिले महत्वपूर्ण भूमिका खेल्ने समेत विश्वास व्यक्त गरेका छन् । दाङ घोराही निवासी व्यवसायी बुढाथोकी विभिन्न व्यवसायमा संलग्न रहेका छन् ।
RaptiSandesh RaptiSandesh