Home / Feature Breaking news / घोराहीमा मसरुम रेष्टुरेण्ट

घोराहीमा मसरुम रेष्टुरेण्ट

दाङ, ६ चैत । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा रहेको मसरुम कटेजले ग्राहकको माग र चाहनाअनुसार आफ्नो दोस्रो शाखा घोराहीमा सञ्चालनमा ल्याएको छ । करिब तीन बर्ष पहिले गुरुवागाउँमा सञ्चालन हुँदै आएको कटेज दुई महिनाअघि घोराही–१५ ट्राफिक रोडमा सञ्चालनमा आएको हो ।

घोराहीमा सञ्चालनमा आएको छोटो अवधिमै मसरुम रेष्टुरेण्ट एण्ड लजले बजारमा मार्केट बढाउँदै गएको छ । ग्राहकको चाहनाअनुसार मसरुमका विभिन्न परिकारहरु पस्किँदै आएको रेष्टुरेण्ट एण्ड लजले छोटो समयमै घोराहीमा आफ्नो मार्केट स्थापित गर्न सफल भएको मसरुम रेष्टुरेण्ट एण्ड लजका सञ्चालक केशवराज पाण्डेयले जानकारी दिएका छन् ।

‘करिब तीन बर्ष अघिदेखि गुरुवागाउँमा मसरुम कटेज सञ्चालन ल्याएको थिएँ’, सञ्चालक पाण्डेले भने– ‘तर गाउँमा मसरुम कटेजमा आउने ग्राहकहरुले बजारमा सञ्चालन गर्न आग्रह गर्नुहुन्थ्यो । उहाँहरुकै माग र चाहनाअनुसार दुई जनाको संयुक्त लगानीमा घोराहीमा मसरुम रेष्टुरेण्ट एण्ड लज सञ्चालनमा ल्याएका हौं ।’ रेष्टुरेण्ट एण्ड लजमा नास्ता तथा खानाका लागि पछिल्लो समय धेरै मानिसहरु आउने गरेको पाण्डेले बताए ।

घोराहीमा पहिलोपटक सञ्चालनमा आएको मसरुम रेष्टुरेण्टले सस्तो र सुलभदरमा खाना तथा नास्ताको व्यवस्थासँगै विवाहलगायतका विभिन्न पार्टीका लागि हलको व्यवस्था, रेष्टुरेण्टको आकर्षणसँगै ग्राहकको सन्तुष्टिका लागि बाँसबाट बनेका कुर्सीसँगै ओपन ट्रिजको व्यवस्थासमेत गरेको भुसालले बताएका छन् ।

१५ लाखको लगानीमा सञ्चालनमा आएको रेष्टुरेण्टमा मसरुमबाट बनेका मःम, पकैडा, चाउमिन, कुरकुरे, चिल्लीलगायतका १० देखि १५ वटासम्म परिकारहरु पाइने उनले बताए । ‘घोराहीमा मसरुमहरु सम्बन्धी सम्पूर्ण सेवा दिने गरी रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छौं, यहाँ नास्तासँगै बस्ने गरी पनि मानिसहरु आउन सक्नुहुन्छ’, उनले भने– ‘उहाँहरुलाई आफ्नो माग र चाहनाअनुसार हामीहरुले मसरुमका परिकारहरु खुवाउँछौ ।’ रेष्टुरण्टका लागि आवश्यक च्याउ आफै उत्पादन गर्ने गरेको भन्दै नपुग च्याउ जिल्लाका अन्य व्यवसायीहरुबाट मगाउने गरेको समेत उनले बताए ।

मसरुम रेष्टुरेण्ट एण्ड लजमा मसरुमका परिकारसँगै आफ्नै फर्ममा उत्पादित लोकल तथा बदिया भालेको समेत व्यवस्था भएको सञ्चालक पाण्डेले बताए । ‘मुख्यरुपमा मसरुमका परिकार पाउने भए पनि त्यसलाई सपोर्ट गर्नेगरी अन्य सेवाहरु पनि उपलव्ध गराउने गरेका छौं’, अर्का सञ्चालक धनीराम खनालले भने– ‘हाम्रो लजमा मुख्यरुपमा पाइने भनेको मसरुम परिकारहरु नै हुन् ।’ उनले मसरुम रेष्टुरेण्ट एण्ड लजले अहिले दैनिक १० देखि १५ हजारसम्मको कारोबार गर्ने गरेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*