Home / समाचार / तुलसीपुर उपमहानगरपालिकाद्धारा व्यवसायीहरुसँग सुरक्षा चुनौतीबारे छलफल

तुलसीपुर उपमहानगरपालिकाद्धारा व्यवसायीहरुसँग सुरक्षा चुनौतीबारे छलफल

तुलसीपुर, २४ साउन
तुलसीपुर उपमहानगरपालिकाको आसन्न नगरसभालाई परिणाममुखी बनाउन विभिन्न निकायहरुसँग निरन्तर छलफल एवं सुझाव संकलन कार्यलाई तीव्रता दिएको छ । उपमहानगरपालिकाले मंगलवार तुलसीपुर क्षेत्रका व्यवसायीक अगुवाहरुसँग विभिन्न विषयमा छलफल एवं उपमहानगरपालिकालाई नमूना, सुरक्षित र सफा राख्न व्यवसायीहरुको महत्वपूर्ण भूमिका र सहयोग हुनुपर्ने भन्दै छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले तुलसीपुरमा मिनी औद्योगिक क्षेत्रको व्यवस्थापन गर्नु पर्ने, यस क्षेत्रमा देखिएको सुरक्षा चुनौती, पार्किङ व्यवस्थापन तथा फोहोर व्यवस्थापन गर्न सम्पूर्ण व्यवसायी र घनधनिहरुसँग अनिवार्य रुपमा फोहोर व्यवस्थापन कर संकलन गर्नु पर्ने बताएका छन् ।

कार्यक्रममा वोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतले यस क्षेत्रको व्यवसायिक सुरक्षा लगानीको वातावरण र व्यवसायीहरुलाई करको दायरा अलि फराकिलो र व्यवस्थित वनाउनु पर्ने बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिको नाममा उठाईने अनावश्यक करका कारण व्यवसायीहरु मर्कामा परेको भन्दै तत्काल गैरकानुनी हिसावले उठाउदै आएको करहरु बन्द गर्नु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा वोल्दै संघका निवर्तमान अध्यक्ष विमल रिजालले सरसफाई अभियानले यस क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उपमहानगरपालिकाले निरन्तरता दिनु पर्ने वताउनु भयो । उहाले डम्पिङ साईडको तत्काल व्यवस्थापन, पार्किङका साथै सडक बत्ती र बजार व्यवस्थापनमा ध्यानदिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापन अध्यक्ष डिल्ली वहादुर वस्नेत, पूर्व अध्यक्षहरु गणेश प्रेम श्रेष्ठ, चिरन्जीवी रिजाल, हेमन्तकुमार रिजाल, सल्लाहकार सुरेश हमाल, वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसे, महासचिव रुप वहादुर खत्री व्यवसायीहरु टेक राम खड्का, मोहन न्यौपाने , खगेन्द्र प्रसाद पोखरेल, पवित्रा के.सी., विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली, नेपाल सरकारका पूर्व सचिव रमेश अधिकारी लगायतले तुलसीपुरलाई स्मार्ट सिटी वनाउन आवश्यक पर्ने पूर्वाधारको वारेमा सुझाव दिनु भएको छ । सो अवसरमा वोल्दै मेयर घनश्याम पाण्डेले तुलसीपुरलाई नमूना नगर वनाउन सबैले आफ्नो क्षेत्रवाट सहयोग गर्नु पर्ने वताउनु भएको छ । उहांले तुलसीपुर उपमहानगरपालीकाले सपति सरक्षण गर्ने अभियानको समेत शुरुवात गर्न लागेको जानकारी दिनु भएको छ ।

त्यसै गरी मेयर पाण्डेले अव्यवस्थित बसोवास, यस क्षेत्रमा हुने अनौपचारिक कारोवार, चर्को व्यज असुली गर्ने गिरोहको परिचान गरी तत्काल कानूनी दायरामा ल्याउने समेत आफूले तयारी गरेको जानकारी दिनु भयो । मेयर पाण्डेले यस क्षेत्रमा देखिएको सुरक्षा चुनौतिका वारेमा आफू गम्भिर रहेको भन्दै यसको व्यवस्थापनका लागि आफूले पहल गर्ने आश्वासन समेत व्यवसायीहरुलाई दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*