Home / Feature Breaking news / राष्ट्रिय सभा उपनिर्वाचन- सत्तारुढ एमालेको दुवैतिर हार

राष्ट्रिय सभा उपनिर्वाचन- सत्तारुढ एमालेको दुवैतिर हार

राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) पराजित भएको छ ।  राष्ट्रियसभा अन्तर्गत रिक्त दुई पदमा भएको निर्वाचनमा एमालेले हार बेहोरेको हो ।

लुम्बिनी प्रदेश अन्तर्गत आज भएको उपनिर्वाचनमा विपक्षी गठबन्धका उमेदवार दृगनारायण पाण्डे निर्वाचित भए ।

एमालेको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका पाण्डे निर्वाचित भएका हुन् ।

उनी कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीको तर्फबाट उमेदवार बनेका थिए ।

उक्त निर्वाचनमा एमालेका उमेदवार चन्द्रबहादुर खड्का पराजित भएका हुन् ।

सोमबार भएको निर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेले ४१४० मतभार प्राप्त गरे भने खड्काले ३६१२ ।

पाण्डे ५२८ मत अन्तरले विजयी भएका हुन् । तत्कालीन नेकपा माओवादीबाट निर्वाचित सांसद चन्द्रबहादुर खड्का पार्टीमा फर्किएनन् । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविकको अवस्थामा फर्किए पनि खड्का एमालेतिर गएपछि माओवादीले उनलाई कारबाही गर्दा पद रिक्त भएको थियो ।

सोही उपनिर्वाचनमा एमालेको तर्फबाट उमेदवार बनेका खड्का पराजित भएका हुन् । दाङको घोराही उप–महानगरपालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

मतदानमा २९७ भोट खस्यो । जसमा प्रदेशको ८३ सदस्य र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र नगरपालिका प्रमुख–उपप्रमुख २१४ जनाले मत हालेका थिए ।

मतदानमा स्थानीय तहका २१७ मतदातामध्ये तीन मतदाता अनुपस्थित भएका भए ।  त्यसैगरी जेठ ६ गते वाग्मती प्रदेश अन्तर्गत भएको निर्वाचनमा एमालेका नेता रामबहादुर थापा पाराजित भए ।

उनी पनि माओवादी नफर्किएपछि पार्टीले कारबाही गरेपछि रिक्त भएको पदमा उनी पुनः उमेदवार बनेका थिए ।

तर, उनलाई विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटाले पराजित गरे ।

वाग्मतीमा एमाले एक्लैको मत हुँदा पनि बादल पराजित भएका थिए । एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले देवकोटालाई जिताउन भूमिका खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*