घोराही, १० माघ
बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा माघ ३ गतेदेखी शुक्रवारसम्म सञ्चालित सफल बनाउनकालागी सहयोग गर्ने सम्पूर्णमा आयोजक मूल समितिले धन्यवाद दिएको छ ।
विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ सफल बनाउनकालागी सहयोग गर्ने सम्पूर्ण दानविर, आयोजक मूल समिति, समिति, उपसमितिका संयोजक ज्यूहरु, उद्योगी व्यवसायी, शिक्षाप्रेमी, स्थानीय तह, जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी संघसंस्था, सामजिक संघसंस्था, विद्यालयहरु, पत्रकारहरु, महिला संघसंगठन, माजनवअधिकारकर्मी, सुरक्षा निकाय, पण्डीत ज्यूहरु लगायत सम्पूर्णमा धन्यवाद दिएको छ ।
महायज्ञ सम्पन्न भएपश्चात आयोजक मूल समितिका संयोजक विमला योगीको अध्यक्षतामा बसेको बैठकले सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिदै कृतज्ञता व्यक्त गरेको हो ।