Home / Feature Breaking news / नेताका चरित्र र राजनीति

नेताका चरित्र र राजनीति

विनोद पोख्रेल

हिजो मात्रै विकृत राजनीतिबारे आक्रोश व्यक्त गरेको थिएँ । त्यसलाई अन्तिम सम्झेको थिएँ, सायद तर सीमा नाघेको हो भन्नेमा म ढुक्क थिएँ । सीमा नाघेको भन्ने कुरामा त अहिले पनि दृढ नै छुँ तर अन्तिम मानेर गल्ती गरेछुँ । संगठन, आदर्श, नीति सबैलाई एकै ठाउँमा राखेर त्यसमा आगो लगाएर आफू मन्त्री बन्ने नाटक पनि हिजै देखेँ भनौँ कि सुनेँ भनौँ । यस्तोमा मलाई राजनैतिक स्वच्छताको कल्पना गर्नु परेको छ । यस्ता घटनाले दिल र दिमागमा एकैपल्ट चोट पु¥याउँछ । हिजोको घटनामा मैले मुख्यमन्त्रीको गल्ती कम देखेँ । आफै अविश्वासको प्रस्तावमा सही गर्ने अनि आफै त्यही मुख्यमन्त्रीको क्याबिनेटमा मन्त्री बन्न जाने सामन्य राजनीति संस्कार समेत नभएका लोभी, पापीहरु नियतले बढी अत्यास लगायो । यिनी टिकेभने पनि लगभग दुई वर्ष जति टिक्नेछन् । त्यहाँ गएर कसैले केही गरेको छैन भने यिनीबाट पनि कसैले केही आश गरेको छैन । त्यसपछिको यिनको राजनीतिबारे भने चिन्ता लाग्छ । तर फेरि आफ्नो जिउ बेचेर मोज गर्ने चरित्रबारे क भन्नु भन्ने लाग्छ । मैले चिन्ता गरेर के हुन्छ ?

बेच्न पाए यिनले फेरि आफूलाई बेच्छन् । यिनी व्यापारी वा पसलेहरु हुन् । आफ्नो विक्रीका लागि आफै पसल थापेर बसेका । जतिपल्ट पनि बिक्न सक्छन् । उनीहरुको बुझाइमा यो सफलता हो । मेरो बुझाइसँग यो मेल नखाए के भो त ? एकपटक बिकेकाहरु पटक–पटक बिक्छन् । यो उनको चरित्र नै बन्छ । यिनले अरुलाई समेत बेइजत गर्छन् । शंकाको घेराभित्र पर्छन् र मूल्यांकन घटाउँछन् । यो सब योग्य राजनीतिक लक्ष्य, योग्यको नेतृत्व र इमानदार चरित्रको कमी हा । यो पार्टी नभए त्यो पाटीृ सहीवाला चरित्र र अलिकति पनि खर्च गर्न सक्ने वा जसरी पनि चुनाव जित्न सक्ने छ भने त्यसैलाई टिकट दिने पार्टी नेतृत्वको गलत सोचको परिणाम हो । यो रोग ती चार जनामा मात्र मात्र छ भन्नेमा म पटक्कै छैन । वली कामरेडले आफू अध्यक्ष भएर प्रधानमन्त्री माधव नेपाललाई बनाउने हो भने त्यहाँ पनि कुनै अडान रहला जस्तो लाग्देन ।

मैले उदाहरण मात्रै दिएको हो । हुन त यस्तो भन्दा पनि खत्तम चरित्र एमालेसँग एकीकरण गरेपछि कांग्रेससँगको संयुक्त सरकारमा सहभागी माओवादीका मन्त्रीहरु बिनाविभागीय भएर पनि लामो अवधिसम्म बसेकै हुन् । अचम्म त के मात्रै हो भने यति भन्दा पनि घटिया चरित्रले देखिएला भन्ने जस्तो लाग्छ तर पनि देखिइरहेका छन् । यस्तोमा त राजनीतिमा थुक्न पनि मन नलाग्ने रहेछ । अब त योगदानका कुरा सबैले बिर्से बरु चन्दा दान आदि अझ दानका कुरा राजनीतिमा हाबी भएको छ । यस्ता चरित्रले नेतृत्व गरेको देशमा शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता कुरा समेत व्यापारका विषय बन्नु स्वाभाविकै हो जस्तो लाग्छ । न सोच छ न चरित्र, त्यहाँ अपेक्षा गर्ने के पो हुन्छ र ?
२०७८ बैशाख ८ गते

केपी शर्मा ओलीले वारपारको लडाइँ छेडेको जस्तो छ । हिजो माधव नेपाल, झलनाथ खनालसँग पनि स्पष्टिकरण सोधेको समाचार आएको छ । आफ्नासँग स्पष्टिकरण सोध्ने र अरु दलकालाई ल्याएर मन्त्री बनाएर सरकार टिकाउने खेल चलिरहेको छ । पार्टी पनि दक्ष प्रजापतिको जिउमा बोकाको टाउको जोडेको जस्तो हुन थालेको छ । नेतृत्वमा आफू भए बाँकी जेजस्तो भए पनि अति उत्तम मान्ने सोच प्रष्ट देखिएको छ । यसले व्यक्ति र पार्टीलाई त कहाँ पु¥याउने हो, समयले देखाउला । त्यसबारे म जस्ताले त्यति चिन्ता लिनु पनि छैन । सत्तासीन र ठूलो दलको हैसियतले यसको असर राष्ट्रका अरु पक्षमा समेत पर्ने निश्चित छ । यस्ता गतिविधिको असर राम्रो पर्ने सम्भावना त हुँदैन । कतिसम्म विकृत बनाउने हो भन्ने मात्रै हो ।

यस्ता गतिविधिले जहिले पनि केही व्यक्तिलाई विलिन गराउँछ र केहीलाई स्थापित गर्छ । यो प्रक्रिया परिणामलाई मैले स्वाभाविक रुपमा लिने गर्छु । तर राष्ट्रको राजनीति विकृत भयो भने धेरै कुरा बिग्रन्छ । चिन्ता यत्ति मात्र हो । यस्तो खचपच ओलीको पार्टीमा मात्रै छैन । मधेसवादी भन्ने पार्टी अहिले जसपा बनेको छ । त्यसको आन्तरिक कलह पनि अब आन्तरिक रहने । लुम्बिनी प्रदेशले प्रमाण पेश गरिसकेको छ । कांग्रेसको तानातान पनि यथावत नै छ । अहिलेसम्म यो परिवेशमा आधिकारिक रुपमै दुईथरि कुरा बाहिर आएका छैनन् । यत्ति पनि सन्तोषको कुरा हो । राजनीति लथालिङ्ग, कोरोनाले अन्य धेरै कुरा लथालिङ्ग, संसदको आधारभन्दा बढी समय अवधि बितिसक्दा पनि आवश्यक नियम र कानुन बनाउन नसकेर त्यही लथालिङ्ग, शिक्षा, स्वास्थ्य सबै लथालिङ्ग, सीमा, नक्सा लथालिङ्ग, सन्तोष गर्ने ठाउँ कता छ भनेर खोज्दा पनि नभेटिने भएको छ ।

यस्तोभन्दा मैले म आफू असन्तुष्ट छु भन्न खोजेको भने पटक्कै होइन । सबैले जे भोगेका छन् मैले पनि त्यही भोगेको छु । राजनीतिमा जिम्मेवारी भएन भने, समाजमा सद्भाव बिग्रियो भने, कुनै निहुले अनुशासन भत्कियो भने, राजनीतिलाई पेशा बनाएर खाने चरित्रको विकास भयो भने आम नागरिकले यस्तो भोग्नै पर्छ । अब यसबारे लेख्दैन, बोल्दैन भन्ने निर्णय गर्छु तर केही चाखले पनि होला, केही अकल्पनीय घटनाले पनि हो बोल्न वा लेख्न मन लाग्छ । केपी ओलीलाई पनि थाहा छ, यसरी पार्टी फुट्छ र म कमजोर हुन्छ भन्ने । त्यहाँ पार्टी सशक्तिकरणभन्दा आफ्ना केही प्रतिद्वन्द्वीलाई सकेसम्म सक्नुछ, नसके पन्छाउनु छ ।

प्राथमिकता यसलाई दिइएको छ । आफू कमजोर भएको देख्दादेख्दै, जान्दाजान्दै पनि आफूलाई अरुभन्दा अलि विशेष योग्य मान्ने चरित्र देख्दा पनि टिठ नै लाग्छ । जसरी भए पनि आफू हुने र त्योभन्दा पनि महत्वपूर्ण कुरो अरुलाई सकेसम्म हुन नदिने चरित्रको विकासले यस्ता विकृति ल्याउनु स्वाभाविकै हो । यहाँ त व्यक्ति मात्रै होइन आफू नभए देश नै नरहने स्थिति आए पनि ठिकै छ भन्ने सोच समेत भएको देखिन्छ । फेरि एउटा अर्को चरित्र आफूले सबै जानेको, बुझेको र अरुले केही नजानेको सम्झेर आफ्नो विद्वत्ता देखाउन पाए सबैलाई मूर्ख प्रमाणित गर्न लागिपरेको देख्दा अर्को रमाइलो लाग्छ ।    २०७८ बैशाख ७ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*