Home / Feature Breaking news / दाङमा व्यवसायिक टर्कीपालन

दाङमा व्यवसायिक टर्कीपालन

दाङ । जिल्लामा पहिलो पटक व्यवसायिक रुपमा टर्कीपालन सुरु भएको छ । घोराही उप महानगरपालिका वडा नं १५ निवासी लेखनाथ वुढाथोकीले विगत १ वर्ष अघिदेखि घोराही उपमहानगरपालिका–७ बेसाईमा कालिकादेवी पोल्टी फर्म सञ्चालन गरि व्यवसायिक रुपमा टर्कीपालन सुरु गरेका हुन ।

जिल्लामा व्यवसायिक रुपमा नै टर्कीपालन सुरु गरिएको समेत पहिलो पटक हो । जिल्लामा घरमा केही मात्रामा पालन गरीए पनि व्यवसायिक रुपमा टर्कीपालन भएको छैन् । वुढाथोकीले भने व्यवसायिक रुपमा पालन गरेको पश्चिम नेपालमा नै पहिलो भएको दावी गरेका छन् । उनले काठमाडौवाट बच्चा ल्याएर व्यवसायिक रुपमा पालन सुरु गरेका थिए ।

बेसाइमा जग्गा भाँडामा लिएर टर्कीपालन गरेका छन् । उनले ७ सय टर्र्कीपालन गरेका छन् । त्यसै गरेर आफुसंगै दुई जना सहयोगी समेत राखेका छन् । उनले बेसाहीमा १६ कट्टा जग्गा भाडामा लिएका छन् । करिव ४५ लाखको लगानी गरेको समेत बताए ।उनले लिएको जग्गाको भाँडाप्रति कट्टा मासिक २ हजार रहेको छ । नयाँ व्यवसाय गर्ने उद्देश्यका साथ ‘कालिका देबी पोल्ट्री फर्म’को नाममा उद्योग दर्ता गरेर जिल्ला मै पहिलो पटक टर्कीको व्यवसायिक पालन सुरु गरेको बुढाथोकीको दावी रहेको छ ।
अरुले गरेको व्यवसाय भन्दा फरक व्यवसाय गर्ने उदेश्यले आफु टर्कीपालन गर्ने थालेको बताए । ‘मैले गुगलको अध्ययनवाट टर्की व्यवसाय शुरु गरेको हुँ’ वुढाथोकीले भने । टर्कीका बारेमा गुगलमा अध्ययन गरेर टर्की रहेको स्थानको पता लगाएर पुगेर ल्याएर व्यवसाय सुरु गरेको उनको भनाई रहेको छ । टर्कीको मासु सवै रोगका विरामीले खान मिल्ने भएकाले पनि यसतर्फ आकर्षण वढेको बताए ।

‘सुगरदेखि क्यान्सरसम्मका विरामीले यसको मासु खान मिल्छ’ वुढाथोकीले भने ‘ बजारमा टर्कीको अत्यधिक माग छ ।’ उनले टर्की विक्री गर्ने कुनै पनि समस्या छैन । उनले पालेका धेरै टर्की खोरवाट नै विक्री हुने गरेको बताए । केही मात्रामा काठमाडौ र बुटवलमा पठाएको वुढाथोकीले बताए । ‘अहिले टर्की खोज्न आउने कतिलाई छैन भन्दै फर्काउनु पर्ने बाध्यता छ ’ वुढाथोकीले भने । टर्कीको माग पर्यटकीय क्षेत्रमा वढी हुने गरेको छ । अहिले जिउँदो टर्कीप्रति केजी ७ सय ५० रुपैयामा र तयार मासुप्रति केजी १ हजार रुपैया रहेको बताए । वजार राम्रो भए पनि धेरै मात्रामा पालनका लागि भने जति वच्चा पाउन समस्या रहेको उनको भनाई रहेको छ । थोरै थोरैवाट टर्कीका वच्चा ल्याएर हुर्कानका लागि समेत समस्या हुने गरेको बताए ।

उनले टर्कीका वच्चा काठमाडौवाट ल्याउने गरेका छन् । वच्चा पाउन समस्या भए पछि लोकल कुखुरा पनि पालन गरेको बताए । ‘मैलै टर्की मात्र पालन गर्ने सोच वनाएको थिए । तर वच्चा पाउन नसके पछि लोकल कुखुरा समेत पालन गरेको छु’ वुढाथोकीले भने । विदेशवाट लोकल टर्की ल्याउन प्रयास गरेपनि ल्याउन समस्या भएको उनको भनाइ छ । सामान्यत लोकल कुखुरा जस्तै टर्की पाल्न सकिने उनको अनुभव छ ।

‘टर्कीको सबै भन्दा मन पर्ने खाना दुबो हो’ बुढाथोकीले भने‘त्यो बाहेक अन्य घासंहरु बर्सिम, मेथी, मकैचरी, विकसित नयाँ जातका घाँस पनि आहाराको लागि खाने गर्छ ।’ टर्कीको औषत आयू दुईदेखि चार बर्षसम्म रहेको छ । टर्की ६ महिनाको अन्तरमा ८ किलोसम्मको हुने गरेको छ । २ बर्ष जति पाल्दा एउटा टर्की १४ देखि १७ किलोसम्म हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*