Home / Feature Breaking news / सामाजिक अभियान्ता योगी र चौधरी सम्मानित

सामाजिक अभियान्ता योगी र चौधरी सम्मानित

घोराही, ४ साउन
नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगी सम्मानित हुनुभएको छ । लायन्स क्लब आफ घोराही सिटीको १४ औ पदस्थापन कार्यक्रमका अवसरमा समाज विकासमा अतुलनिय योगदान पु¥याए बापत केन्द्का संस्थापक अध्यक्ष एवं समाजसेवी योगीलाई सम्मान गरिएको हो ।

घोराही उपमहानगरपालीका वडा नं १७ चौघेरामा जन्म भै विभिन्न सामाजिक सघं संस्था, बैकिङा क्षेत्र बाट कार्य शुरुवात गरी बालबालिका, महिला तथा युवाहरुलाई शिक्षा, स्वास्थ्य तथा आर्थिक रुपमा आत्मनिर्भर बनाउन अतुलनिय कार्य गर्दै आउनु भएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थपक अध्यक्ष, सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा विभिन्न वित्तीय संस्थामा कार्यरत रही यस जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक विकास समेतमा कार्य गरी जिल्लाको समग्र विकासको लागी अतुलनिय कार्य गरेको भन्दै क्लबले योगीलाई सम्मान गरेको हो ।

सो अवसरमा ग्रामीण महिला उत्थान केन्द्र घोराहीका अध्यक्ष आसमानी चौधरीलाई पनि सम्मान गरिएको थियो ।

विभिन्न सामाजिक सघं संस्था, बैकिङ क्षेत्र बाट कार्य शुरुवात गरी बालबालिका, महिला तथा युवाहरुलाई शिक्षा, स्वास्थ्य तथा आर्थिक रुपमा आत्मनिर्भर बनाउन अतुलनिय कार्य गरि आउनु भएका चौधरीलाई सम्मान गरिएको थियो । यस्तै अस्ट्रेलियामा सम्पन्न लायन्स क्लब सम्मेलनमा क्लबको तर्फबाट सहभागी भवानी कडेल र आकृति शर्मालाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*