Home / Feature Breaking news / जिल्ला प्रशासन कार्यालयका एक जना कर्मचारीमा कोरोना,अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालयका एक जना कर्मचारीमा कोरोना,अत्यावश्यक बाहेकका सेवा बन्द

दाङ, १६ भदौ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवा बाहेका अन्य सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दा बाहेका अन्य सम्पूर्ण सेवाहरु अर्को सूचना नहुदासम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिएका छ्न । उनका अनुसार भोलीदेखि कार्यालय बन्द रहने भएको छ । दाङमा हाल ७ सय ८४ जना कोरोना संक्रमित रहेका छ्न । जस मध्य ६ सय ९८ जना उपचारपछी डिस्चार्ज भैसकेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*