Home / Feature Breaking news / कांग्रेसकाे पक्षमा जनलहर ल्याउन निर्वाचन तयारीमा लाग्नुस्: खनाल

कांग्रेसकाे पक्षमा जनलहर ल्याउन निर्वाचन तयारीमा लाग्नुस्: खनाल

नारायणपुर, १५ भदाै
नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले मंसीर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसकाे पक्षमा जनलहर श्रृजना गर्नकालागी लागी सबै आ-आफ्नाे तर्फबाट लाग्न सम्पूर्ण कांग्रेसका नेता कार्यकर्ताहरूमा अनुराेध गर्नुभएकाे छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ ‘ख’ ले आयाेजना गरेकाे “जनताकाे साथमा कांग्रेस” अभियान अन्तरगत अन्तरक्रीया कार्यक्रममा बाेल्दै खनालले यस्ताे बताउनुभएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका खनालले गठबन्धन देशकाे आवश्यकता भएकाे भन्दै कांग्रेसकाे पक्षमा जनमत तयार गर्न अनुराेध गर्नुभयाे । गठबन्धनमा सिट बाडफाडमा केही चुनाैति भएकाे बताउदै गठबन्धन नभएका पनि कांग्रेस एक्लै चुनावमा जादम निविजयी हासिल गर्ने गरि तयारीमा लाग्न खनालले आग्रह गर्नुभयाे । स्थानीय निर्वाचनकाे समिक्षा गर्दै आगामी निर्वाचनकाे तयारीमा लाग्नु अहिलेकाे आवश्यकता भएकाे उहाँकाे भनाई थियाे ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता प्रचण्डविक्रम न्याैपाने “गुन्टु” ले नेपाली कांग्रेसले गरेकाे देश परिवर्तन र जनताकाे पक्षमा गरेकाे कामहरूकाे तल्लाे तहसम्म जानकारी गराउन आवश्यक रहेकाे बताउनुभयाे । उहाँले अफ्ठेराे परिस्थितिमा देशलाई बचाउने नेपाली कांग्रेसलाई मंसीर ४ गते मत दिएर बिजयी बनाउने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका नेता भरतबहादुर न्याैपानेले कांग्रेस एक ढिक्का भएर आजैदेखी चुनावी तयारीमा लागेर गाँउगाँउ घर-घर पुगेर कांग्रेसकाे पक्षमा जनमत तयार गर्न आवश्यक रहेकाे बताउनुभयाे । गठबन्धनकाे पक्षमा सम्पूर्ण गठबन्धनमा रहेकादलहरू गम्भिर भएर लाग्न आवश्यक रहेकाे उहाँकाे भनाई थियाे । साथै उहाँले जनतामा मतदाता शिक्षा पनि आवश्यक रहेकाे बताउनुभयाे । जनताकाे मतदाताकाे भावना अनुसार टिकट बाडफाँड हुनुपर्ने न्याैपानेले बताउनुभयाे ।
कांग्रेसका अर्का नेता किरण किशाेर घिमीरेले जनताकाे साथमा कांग्रेस सधै हुन आवश्यक रहेकाे बताउनुभयाे । उहाँले गठबन्धन अहिलेकाे आवश्यकता भएकाे बताउनुभयाे ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य जानका के.सीले जनताकाे साथमा कांग्रेस सध‌ै हुनुपर्ने बताउनुभयाे ।

कांग्रेसका लुम्बिनी प्रदेश सदस्य टेकबहादुर बस्नेत, नेपाली कांग्रेसका जिल्ला सचिव बालिका लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा सहभागी वक्ताहरूले टिकट लिदासम्म सबै आ-आफ्नाे स्थानबाट लाग्नुपर्ने र टिकट जसले लिएपनि पार्टिकाे जितकालागी लाग्नुपर्ने बताएका थिए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का सभापति अभियान बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजिकरण सचिव तिलक केसीले गर्नुभएकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*