Home / समाचार / कांग्रेस क्षेत्र नम्बर १ क र ख ले गरे प्रदेश सभा सदस्यकालागी उमेद्वार सिफारिस

कांग्रेस क्षेत्र नम्बर १ क र ख ले गरे प्रदेश सभा सदस्यकालागी उमेद्वार सिफारिस

शिव राज खनाल
देउखुरी १५ भदौ – नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश “क” र” ख”ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस कार्य सुरू गरेको छ ।
प्रदेश “क” बाट प्रत्यक्ष तर्फ नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पान्डे , नुमानन्द सुवेदी ,लक्ष्मण चौधरीको नाम सिफारिस गरिएको छ भने प्रदिप राज शर्माको नाम पनि राएसुझाबको लागि क्षेत्रमा सिफारिस गरिएको छ । समानुपातिक तर्फ अनुराग यादब र यसोदा चौधरी लाई सिफारिस गरेको छ । समानुपातिक तर्फ नै लोकराज केसि र श्रीपत चौधरी लाई उपयुक्त उम्मेदवार भनि राए पठाएको छ ।
तेस्तै प्रदेश “ख” बाट प्रत्यक्ष तर्फ महाधिवेसन प्रतिनिधि जानकीलाल बस्नेत, बासुदेव जंगली, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, शान्तराज अधिकारी, चुरामणी आचार्य, पवन नेपाली रहेका छन ।
त्यस्तै प्रदेश “ख”तर्फ नै समानुपातिक तर्फ महाधिवेशन प्रतिनिधि गिरिजादेवी न्यौपाने, लोका विश्वकर्मा, देवका बेल्बासे,पवन कुमार यादव, रेशम बहादुर बुढा, खीमा अधिकारी, माधव चौधरी, तारा प्रसाद नेपाली, गीता चौधरी, घनश्याम सुवेदी, खड्ग बहादुर विक,गोपाल नेपाली रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*