Home / Feature Breaking news / अफताव आलमलाई कांग्रेसले उमेदवार बनाउँदैन : गगन थापा
फाईल फोटो

अफताव आलमलाई कांग्रेसले उमेदवार बनाउँदैन : गगन थापा

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उमेदवार नबनाउने बताएका छन् ।

शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्धारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उमेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरे । ”

इटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उमेदवार बनाउँदै छ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदै छ” भनेर साहित्यकार नयनराज पाण्डेले बोलेपछि जवाफमा गगनले आलमलाई उमेदवार नबनाउने बताएका हुन् ।

“नयनराज दाइले गगनको पार्टी भन्नुभयो । कुनै बेला उहाँले पनि काम गरेको पार्टी हो,” उनले भने, “संविधानले वर्जित गरेको मात्र होइन नैतिकताको कसीमा राखेर हेर्दाखेरि छाति ठोकेर हो यो निर्णय हामीले गरेको, मैले गरेको भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन । यत्ति कुरा आश्वस्त पार्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*