Home / Feature Breaking news / घाेराही ७ मा ‘जनताको साथमा कांग्रेस’

घाेराही ७ मा ‘जनताको साथमा कांग्रेस’

दाङ, १७ भदौ । मंसिर ४ को चुनावलाई लक्षित गरेर नेपाली कांग्रेसले वडा स्तरीय कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ७ मा ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत छलफल भएको हो । नेपाली कांग्रेस वडा नं. ७ का सभापति कर्णबहादुर बुढाथोकीको सभापतित्व एवम् नेपाली कांग्रेस क्षेत्र नं. २ का सदस्य निमबहादुर चौधरीको प्रमुख आतिथ्यता र घोराही नगर समिति सदस्य राजकुमार चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा आगामी निर्वाचन, परिचालन र वडा समितिको भूमिकाको बारेमा छलफल भएको थियो । छलफलमा कार्यकर्ताहरूको गुनासो सुन्ने र जवाफ दिने काम समेत भएको थियो । ‘चुनाव घोषणा भएको छ, पार्टीको उम्मेदवारहरूलाई जिताउने हाम्रो प्रमुख दायित्व हो’, प्रमुख अतिथि चौधरीले भने, ‘त्यसको लागि टोल समितिको भूमिका महत्वपूर्ण हुन्छ ।’ पार्टीको आधार बेस भनेको नै टोल समिति भएकोले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै एकताबद्ध भएर चुनावमा खट्न उनले सबैमा निर्देशन दिए । छलफलमा विशिष्ट अतिथि राजकुमार चौधरीले समाजको विकासको लागि कांग्रेसले चुनाव जित्नुको विकल्प नभएको भन्दै चुनावमा खट्न अनुरोध गरे । ‘कांग्रेसले चुनाव जितेपछि देशको विकास हुन्छ, समाजको विकास हुन्छ’, उनले भने, ‘त्यसले समाजवादको आधार तयार गर्छ ।’ कार्यक्रममा वडा नं. ७ का वडा सभापति बुढाथोकीले स्थानीय चुनावमा भएका कांग्रेस विरोधी क्रियाकलापलाई बिर्सेर सबै एकजुट र बलियो भएर अगाडि बढ्नुपर्ने बताए । कांग्रेसभित्रै बसेर कांग्रेसलाई अन्तरघात गर्ने कार्यकर्ताहरूलाई कारबाही गर्नुपर्ने समेत उनले माग गरे ।
छलफलमा वडा समिति, टोलसमिति पदाधिकारी तथा सदस्यहरूले पार्टीलाई एकताबद्ध गर्न, चुनावमा घात, अन्तरघात गर्नेलाई कारबाही, जनता केन्द्रित नीति तथा कार्यक्रम सञ्चालन गर्न र कार्यकर्ताको गुनासोलाई केन्द्रसम्म नियमित जोड्न सुझाव दिएका थिए ।
वडा उपसभापति भीमनारायण योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा चित्रबहादुर खड्का, नन्दबहादुर चौधरी, तुताल चौधरी (इन्द्र), खिमनारायण चौधरी, नेकबहादुर चौधरी, खोपेन्द्र शर्मा, मंगलराम डाँगीलगायतले बोलेका थिए । छलफल कार्यक्रममा निमबहादुर चौधरी, राजबहादुर चौधरी, खड्कबहादुर केसी, ज्ञानसिंह बस्नेत, गिरिराज शर्मा, खोपेन्द्रराज शर्मा, चित्रबहादुर खड्का, खिमनारायण चौधरी, डिल्लीविक्रम योगी, हरिप्रसाद चौधरी, नन्दबहादुर चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस वडा नं. ७ का सहसचिव नरेश आचार्यले गरेका थिए ।
प्रतिनिधि खटाइयो
नेपाली कांग्रेस वडा नं. ७ मा शुक्रवार भएको छलफल कार्यक्रमले ४ जना टोल प्रतिनिधि खटाएको छ । हनरिया, कनरिया र सिसहनिया टोल कार्य समितिका लागि तुताल चौधरी (इन्द्र), बेलहरी, डबरगाउँ र शुक्रवार टोल कार्य समितिका लागि मंगलराम डाँगी, राजपुर, घुस्रा र सगरमाथा टोल कार्यसमितिका लागि हरिप्रसाद चौधरी र बेसाही, नवदुर्गा, शिव पर्सा र गोरक्ष टोल कार्य समितिका लागि भीमनारायण योगीलाई प्रतिनिधिको रूपमा खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*