Home / Feature Breaking news / बराहक्षेत्र धार्मिक समितिमा सपथ ग्रहण

बराहक्षेत्र धार्मिक समितिमा सपथ ग्रहण

दाङ,१६ साउन । घोराही उपमहानगरपालिका–१३ मा रहेको बराहक्षेत्र संरक्षण सम्वद्र्धन धार्मिक समितिमा नवनिर्वाचित कार्यसमितिद्वारा सपथ तथा प्रमाणपत्र ग्रहण गरेका छन् ।

सोमवार एक कार्यक्रमकाविच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका हुन । जसअन्तरर्गत बराहक्षेत्र संरक्षण संवद्र्धन धार्मिक समितिको अध्यक्षमा देवबहादुर घर्तीमगर, उपाध्यक्षमा तिलकबहादुर बुढामगर, सचिव शिव घर्ती, कोषाध्यक्ष धनराज पुन, सह–सचिव निरञ्जन गिरी रहेका छन् ।

त्यसैगरी समितिको सदस्य माधव केसी, टोपबहादुर डाँगी, दिपेन्द्र पुनमगर, विकास रोका, गीता केसी र पवन बुढामगर रहेका छन् । निर्वाचन अधिकृत शिवप्रसाद घिमिरेको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डल्लुराम पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बराहक्षेत्रको धार्मिक विकासका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष देबहादुर घर्तीमगरले बहराक्षेत्र धार्मिक क्षेत्रको विकासका लागि सवैसँग समन्वय गरेर अघि बढ्ने बताएका थिए ।

सपथ ग्रहण कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १३ का पूर्व वडा अध्यक्ष रविलाल घर्तीमगर, बराहक्षेत्र संरक्षण सम्वद्र्धन धार्मिक समितिका पूर्व अध्यक्ष गिरबहादुर घर्तीमगर, निवर्तमान अध्यक्ष टेमन बुढामगरलगायतको उपस्थीतिमा कार्यक्रम भएको थियो । समितिको नयाँ कार्यसमिति वडा अध्यक्ष पोख्रेलको सक्रियतामा सर्वसहमतिमै साउनको ७ गते गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*