Home / Feature Breaking news / एकलाख बराबरको चोरी गरिएको रिचार्ड कार्डसहित एक किशोर पक्राउ

एकलाख बराबरको चोरी गरिएको रिचार्ड कार्डसहित एक किशोर पक्राउ

दाङ, ५ फागुन ५ । दाङमा प्रहरीले चोरी गरिएको एक लाख मुल्य बराबरको एनटिसी र एनसेलको रिचार्ज कार्डसहित एक जनालाई पक्राउ गरेको छ ।

बंगलाचुली गाउँपालिका वडा नं. ३ कमिरेचौरमा कमल पौडेलले सञ्चालन गरेको दाजुभाई जनरल स्टोरबाट चोरी गरिएको एक लाख मुल्य बराबरको रिचार्ड कार्डसहित बंगलाचुलीबाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका वडा नं. ४ श्रीबारी निवासी १८ बर्षीय इन्द्र गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरिक्षक रिजालका अनुसार गिरीले माघ १ गते रातको समयमा एकलाख बराबरको रिचार्ज कार्डसहित नगद २० हजार रुपैया चोरी गरेकोका जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो । सोही निवेदनको आधारमा प्रहरीले टेलिकमको सहयोगमा रिचार्ज कार्डको सिरियल नम्वरको आधारमा गिरीलाई घरबाटै पक्राउ गरेको थियो ।

‘रातको समयमा पसलबाट रिचार्ज कार्डसहित नगद पैसा चोरी गरिएको निवेदन आएपछि प्रहरीले टेलिकमको सहयोगमा अनुसन्धान गरिरहेको थियो’–प्रहरी उपरिक्षक रिजालले भने–‘अनुसन्धानका क्रममा गिरीलाई पक्राउ गरिएपछि उनले लुकाई राखेको रिचार्ज काड भेटिएको हो ।’

गिरीले आफुले चोरी गरेको रिचार्ज कार्ड अरु ब्यक्तिलाई बिक्रि गरेपछि अरु व्यक्तिहरुले आफ्नो मोवाईलमा रिचार्ज गरेको र उनीहरुलाई त्यो रिचार्ज कार्ड कहाँबाट खरिद गरेको भनेर अनुसन्धान गर्दै जाँदा गिरी पक्राउ परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*