Home / मनोरञ्जन / जनक विवशको सपनीमा आउछौँ तिमी

जनक विवशको सपनीमा आउछौँ तिमी

दङगाली गायक तथा संगीतकार जनक विवश न्यौपानको आधुनिक गीत ‘सपनीमा आउछौ तिमी…को म्युजिक भिडियो सार्वजनिक भएको छ । करिव एक बर्ष पहिले रेर्कडिङ भएको उक्त आधुनिक गीतको अहिले म्युजिक डिभियो निर्माण भएको हो । म्युजिक भिडियोको काठमाण्डौको एयरपोर्टलगायतका विभिन्न स्थानहरुमा छायाकन गरिएको छ ।

गायक तथा संगीत न्यौपाने कै रहेको उक्त गीतको रचना भने गीतकार कुमार तामाङले गरेका हुन । एभेष्ट ग्यालेरीले निर्माण गरेको म्युजिक भिडियोमा बुद्धि,सरला र मन्सीलगायत कलाकारहरुको अभियन रहेको छ । जनक सिंङकोे निर्देशन रहेको उक्त भिडियोको इडिटिङ प्रदिप दाहालले गरेका छन । भिडियोको क्यामेराम्यान रेशम दर्लामी रहेका छन । अडियोमा राम्रो चलेको उनको यो गीत दर्शकहरुले म्युजिक भिडियो पनि मन पराईने आशा गायक तथा संगीतकार न्यौपानेको रहेको छ । गायक न्यौपानेका यो गीतसँगै ‘तिम्रै यादमा रोए….’,‘धोका दियौँ निष्ठुरीले…’, ‘तिम्लाई पाउने आशामा…’,छटपटिमा रोए..’लगाएतका करिव एक दर्जन जति आधुनिक गीतहरु रेर्कडिङ भएका छन । जसमा छ वडा गीतहरुका म्युजिक भिडियोहरु निर्माण भैसकेका समेत उनले जानकारी दिए ।

हाल न्यौपाने काठमाण्डौमा बसेर संगीत कलास लिईरहेका छन । आधुनिक सुगम संगीतका क्षेत्रमा आफनो करिअर देखेका बताउने न्यौपाने दाङ घोराही उपमहानगरपालिका वडा नंं ५ धर्ना निवासी हुन । लामो समय बैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा बसेका न्यौपाने पछिल्लो समय काठमाण्डौमा बसेर गीत संगीतका क्षेत्रमा संक्रिय रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*