नारायणपुर, ८ माघ
घोराही उपमहानगरपालिका १० मा रहेको जनजागृति माविले वसन्त पञ्चमी मनाएको छ । विद्यालयले औपचारिक कार्यक्रमको आयोजना गरि बसन्त पञ्चमी मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर पुनको अध्यक्षता एव पाँच नं. प्रदेश सदस्य अमरबहादुार डाँगीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिका १० का वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन ।
विद्यालयले कक्षा दशसम्मको अध्यापन गराउने भएपनि विद्यालयमा भौतिक अवस्था कमजोर रहेको भन्दै विद्यालयको भौतिक संरचना विकाससँगै विद्यालयको परिसरमा .सरस्वतीको मन्दिर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रदेशसभा सदस्य अमरबहादुर डागीले विकास शैक्षिक तथा भौतिक विकासका लागि आफुले पहल गर्ने बताए । किार्यक्रमका वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल)ले विद्यालयको विकासका लागि आँफूले वडा स्तरबाट पहल गर्ने बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले विद्यालयको शैक्षिक तथा शिक्षाको गुनात्मक विकास लागि आफनो ठाँउबाट लागिपर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक खगुलाल न्यौपानेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष तथा विद्यालयका पूर्व विद्यार्थी आर.के शीतल, विद्यालयमा स्थापना भएको हेमस्मृति अक्षकोषका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य उषा हमाल, पूर्व विद्यार्थीहरु बिष्णप्रसाद चौधरी, गणेश बुढालगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हाँस्य कलाकार कमल गाउले र लोक तथा दोहरी गीत प्रतिष्ठान दाङका अध्यक्ष प्रेम शर्माले सांस्कृतिक प्रस्तुति राखेका थिए ।
विद्यार्थीले मयुर, थारु नाच लगायत गीत, कविता प्रस्तुत गरेका थिए । त्यस अवसरमा विद्यालयका पुर्व विद्यार्थी रोमा भण्डारीको स्मृतिमा उनको परिवारले ४० हजार रुपैया विद्यालयलाई सहयोग गरेका छन् । उनका वुवा पदमबहादुर भण्डारी, आमा चुमादेवि भण्डारी र दाई मानबहादुर भण्डारीले विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माणकालागि नगद ४० हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेका थिए ।
बाँकी तस्वीर हेर्नुस्ः