Home / Feature Breaking news / घोराहीका युवाले आविश्कार गरे अटोमेटिक पम्प कन्ट्रोलर

घोराहीका युवाले आविश्कार गरे अटोमेटिक पम्प कन्ट्रोलर

दाङ, ५ चैत

पानी लगाएर मोटर बन्द गर्न भुल्नुहुन्छ ? यदि भुल्नुहुन्छ भने चिन्ता नगर्नुस् ! अव दाङमै अटोमेटीक पम्प कन्ट्रोलरको आविश्कार भएको छ । सानैदेखि विभिन्न अनुसन्धानमा सक्रिय घोराहीका मार्शल रोकाले लामो अनुसन्धान पछि यस्को आविश्कार गरेका हुन ।
धेरै मानिसहरु ट्याङ्कीवाट मोटर लगाएर ड्रममा भर्दा बन्द गर्न भुलेर ड्रम भरिएर पानी बाहिर आएको गुनासो गरेको सुनिन्छ अनि ट्याङकीमा पानी छ कि छैन भनेर यादै नगरी मोटर लगाउँदा मोटर बिग्रेर हैरान भएको सुनिन्छ । अव यो सवैको समाधान यहि अटोमेटीक पम्प कन्ट्रोलरले गर्ने भएको छ । यस्को अनुसन्धान मात्र हैन व्यवसायीक विक्रि पनि सुरु भएको छ ।

तार र पाइप बाहेक चार हजार ९ सय ९९ मूल्य रहेको यस मेसिनको विक्रिको जिम्मा मेल्टा टेक्नोलोजी नामको कम्पनीले लिएको छ ।
के छन् यस्का विशेषता ?
घोराहीमा सोमवार पत्रकार सम्मेलन गरेर युवा वैज्ञानिक मार्शल रोकाले यस टेक्नोलोजी घरायसी समस्या समाधानको महत्वपूर्ण अंग बन्ने जानकारी दिए । सो अवसरमा बोल्दै उनले यसले सवै भन्दा महत्वपूर्ण विशेषता भनेको मोटर अन अफ गर्ने झन्झट नहुने बताए । ड्रममा पानीको मात्रा कति छ ? भनेर थाहा पाउने संकेत राखिने र सोही चिन्ह भन्दा माथि पानी आउन थालेमा यो मेसिनले मोटर आफै अफ गरिदिने उनले बताए । यसैगरी ट्याङ्कीमा उचित मात्रामा पानी नभएमा पनि यो मेसिनले मोटर आफै गरिदिने छ ।
यसले गर्दा पानी, विद्युत र समयको वचत हुने उनको भनाई छ । उनले मोटरको थप विशेषता बारे भने, ‘स्वदेशी उत्पादन हो तर मूल्य सस्तो रहेको छ । एक वर्ष वारेन्टी छ । हरेक प्रकारका मोटरमा जडान गर्न सकिन्छ । घर, स्कुल, होटेल, हस्पिटल, कारखाना, कार्यालय लगाएतका ठाउँमा जाोडन सकिन्छ ।’ उनले यो उत्पादन नेपालमा पहिलो भएको पनि दावी गरे ।

मेल्टाका प्रवन्ध निर्देशक रविन कुमार पोख्रेलको अध्यक्षता तथा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कम्पनी सञ्चालकहरुले यस कम्पनीले युवाहरुलाई रोजगार र थिङक ट्याङ्करलाई अवसर दिने बताएका छन् । ‘काम गर्न चाहनेहरुलाई रोजगार अवसर दिन तयार छाँै । हामीलाई कम्पनीमा काम गर्नेदेखि बजारमा मार्केटिङ गर्ने मानिसको खाँचो छ, निर्देशक पोख्रेलले भने, ‘नयाँ सोच भएका युवाहरुलाई अनुसन्धान गर्न चाहन्छन भने पनि कम्पनीले अवसर दिने छ ।’ अरु बजारमा आवश्यक र नेपालमा उत्पादन हुन नसकेका बस्तुहरु अनुसन्धान गर्न थिङक ट्याङ्करहरु आवश्यक रहेको र त्यसतालाई अवसर दिने पनि उनले बताए ।
निशुल्क शिक्षा र रोजगारीको अवसर
कम्पनीको आगमी योजना बारे जानकारी दिदै कम्पनीका एक सञ्चाालक नविन शर्माले असाह्य, विपन्न तर जेहेन्दार विद्यार्थी तथा उच्च शिक्षा अध्यन गर्ने विद्यार्थीका लागि निशुल्क शिक्षा र रोजगारीको अवसर प्रदान गरिने जानकारी दिने । ‘विद्यालयमा एसेम्वलिङ युनिट स्थापना गरिदिन्छाँै अनि साँझ वा विहान विद्यार्थीहरुले एक घण्टा कम्पनीले तोकेको काम गर्छन्, उनले भने, ‘सो काम गरे वापत उनीहरुलाई विद्यालयमा लाग्ने शुल्क कम्पनीले तिरिदिने छ ।’

चाइनामा विद्यार्थीहरुले विभिन्न वस्तुहरु आविश्कार गरेको सुने पनि नेपालमा यस्तो हुन नसकेको भन्दै आविश्कारक मार्शल रोकाले भने हामी नेपालमा पनि यस्तो शिक्षा र प्रविधिलाई जोड्न चाहन्छाँै । यसले शिक्षालाई व्यवहारीक, व्यवसायीक र रोजगारमुलक बन्न सिकाउने उनको अपेक्षा छ । यसैगरी माथिल्लो कक्षा अध्यन गर्न चाहने विद्यार्थीहरुले क्षमता अनुसार अनुसन्धान, बजारिकरण र व्यवसायीक काम गरेर पैसा कमाएर शिक्षा पनि आर्जन गर्न सक्ने उनीहरुको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*