Home / Feature Breaking news / तुलसीपुर चोकवाट हटाइयो घुम्ती शौचालय

तुलसीपुर चोकवाट हटाइयो घुम्ती शौचालय

दाङ, २३ बैशाख । घुम्ती शौचालय घुम्न छाडेपछि अहिले तुलसीपुर चोकदेखि पश्चिमतर्फ घोराहीमा दुर्गन्धीत वनाएको घुम्ती शौचालय हटाइएको छ । सञ्चार माध्यममा घुम्ती शौचालयले दुर्गन्धीत फैलाएको भन्ने समाचार प्रकाशन प्रसारण भएपछि घोराही उपमहानगरपालिकाले आइतवार सौचालय हटाएको हो ।

उपमहानगरपालिकाले आइतवार दिउसो घुम्ती शौचालय हटाएको हो । फोहोरलाई घोराही उपमहानगरपालिकाको डम्पीङ साइडमा लगेको उप महानगरपालिका कार्यालयले जनाएको छ । घुम्ती सौचालय सम्वन्धी समाचार प्रकाशीत भएपछि उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अवलोकन गरेका थिए ।

त्यस लगत्तै घुम्ती शौचालय हटाउनका लागि उप महानगरपालिका वडा नं १५ का अध्यक्ष रमेश पाण्डे तथा उप महानगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा १४ नं का अध्यक्ष शक्तिराम डाँगीलाई निर्देशन दिएपछि घुम्ती सौचालय हटाईएको हो । उक्त स्थानमा ५ बर्ष पहिले घुम्ती सौचालय तत्कालिन घोराही नगरपालिकाले राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*