Home / Feature Breaking news / घोराहीमा एमालेबाट मेयरमा चौधरी र उपमेयरमा डिसी बिजयी

घोराहीमा एमालेबाट मेयरमा चौधरी र उपमेयरमा डिसी बिजयी

 दाङको घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरी निर्बाचित हुनुभएको छ । चौधरीले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मालाई ५ हजार ३३० मतले हराउँदै दोश्रो कार्यकालका लागि घोराहीको नगर प्रमुखमा विजयी हुनुभएको हो ।

बिजयी चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्नुभएको छ । पराजित शर्माले २६ हजार ३६८ मत प्राप्त गर्नुभएको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । चौधरीले ०४७ को निर्वाचनमा पनि बिजयी हुनुभएको थियो ।

त्यस्तै नगर उपप्रमुखमा एमालेकै हुमा डिसी विजयी हुनुभएको छ । डिसीले गठबन्धनबाट काग्रेसकाका उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले हराउँदै बिजयी हुनुभएको हो । बिजयी डिसीले ३ हजार ४०३ प्राप्त गर्दा डाँगीले ३ हजार ३५४ मत मात्रै प्राप्त गर्नु भएको थियो । उपप्रमुखमा डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रहेपनि अन्तत नेकपा एमालेकी उम्मेदवार डिसी बिजयी हुन सफल हुनुभएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चावीच चुनावी तालमेल रहेको घोराहीका वडा नं. १,२,३,४,५,६,७,८,११,१२,१४,१७ र १८ वडा एमालेले जितेको छ भने वडा नं. गठबन्धनबाट कांग्रेसले १०, १३, १५ , १६ र १९ नम्वर र माओवादी केन्द्रले वडा न. ९ जितेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचन र उपनिर्वाचन गरि सात वडा वडा जितेको कांग्रेस घटेर ५ मा झरेको छ भने ३ वडाहरु जितेको माओवादीले एउटा मात्रै वडा जित्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*