Home / Feature Breaking news / पेट्रोलियम पदार्थको मुल्यवृद्धिप्रति नेविसंघद्धारा चक्काजाम

पेट्रोलियम पदार्थको मुल्यवृद्धिप्रति नेविसंघद्धारा चक्काजाम

घोराही, २३ जेठ
सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोधमा नेविसंघ दाङले आज घोराहीमा आन्दोलन गरेको छ । नेविसंघले घोराहीमा एक घण्टा चक्काजाम गरेको हो ।

nb 3

घोराहीको तुलसीपुर चोकमा दिउसो साढे १२ बजेदेखी साढे १ बजेसम्म चक्काजाम गरेको थियो । चक्काजामपछिको कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले पेट्रोल लगायत जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने वस्तु एवं सामानमा सरकारले अनावश्यक मुल्यवृद्धि गरेको भन्दै विरोध जनाएका थिए ।

nb 2

कार्यक्रममा नेविसंघका केन्द्रिय सहमहामन्त्री प्रचण्डविक्रम न्यौपाने(गुन्टु), केन्द्रिय सदस्य कुलराज खनाल, केन्द्रिय सदस्य चेतन राणा, जिल्ला कार्यवाहक अध्यक्ष टोपबहादुर जिसीले सम्बोधन गनुभएको थियो ।

nb

कार्यक्रमको सहजिकरण नेविसंघका जिल सचिव ऋशेश्वर न्यौपानले गरेका थिए । चक्काजाम कार्यक्रम हुनुपूर्व जिल्ला प्रशासन कार्यालयमा नेविसंघले एक घण्टा धर्ना दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*