Home / Feature Breaking news / राप्रपा अध्यक्षका लागि बस्नेत र रावतको उम्मेदवारी

राप्रपा अध्यक्षका लागि बस्नेत र रावतको उम्मेदवारी

दाङ,२० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङकोे नयाँ नेतृत्वका लागि दुई जनाका विचमा निर्वाचन हुने देखिएको छ । जिल्ला अध्यक्ष सहमति चयन हुन नसकेपछि निर्वाचनको सम्भावना बढेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दाङको सोमवारदेखि एकता अधिवेशन घोराहीमा सुरु भएपनि अधिवेशनले सर्वसहमतिमै नेतृत्व चयन गर्न सकेको छैन ।

राप्रपा दाङको नयाँ अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी दाङको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षेत्रबहादुर बस्नेत र उपाध्यक्ष भूपाल रावतको उम्मेदवारी परेको छ । बाँकी जिल्ला सदस्यका तथा पदाधिकरीकालागि ३७ सदस्य सर्वसहमतिमै निर्वाचित भएको निर्वाचन समितिका संयोजक अमर वलीले जानकारी दिएका छन् ।

राप्रपाको नयाँ नेतृत्वका लागि अहिले पनि प्रयास जारी रहेको ढुण्डी कडेलले जानकारी दिएका छन । ‘नयाँ नेतृत्वका लागि अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपनि सहमतिमा नेतृत्व चयनको प्रयास भैहेको छ’,उनले भने,‘बुधवार विहान ७ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ । त्यो बेलासम्म पनि सहमति कायम हुन सकिन भने निर्वाचन हुनेछ ।’ उनका अनुसार निर्वाचन भएमा राप्रपाका ७ सय ५३ जना क्षेत्रीय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*