Home / Feature Breaking news / हाेटल व्यवसायी समितिकाे स्थापना दिवश: ३० जनाले गरे रक्तदान

हाेटल व्यवसायी समितिकाे स्थापना दिवश: ३० जनाले गरे रक्तदान

घाेराही, ३ असार

दाङ देउखुरी हाेटल व्यवसायी समिति दाङकाे २५ अाैँ स्थापना दिवस मंगलवार मनाएकाे छ । समितिले स्थापना दिवशकाे अवसरमा रक्तदान एवं अन्तरक्रिया कार्यक्रम गरेकाे ।
समितिका अध्यक्ष रूद्रबहादुर डाँगीकाे अध्यक्षता एवं नेपाल उद्याेग वाणिज्य महासंघका प्रदेश नम्बर पाँचका उपाध्यक्ष हेमराज बञ्जाडेकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा बाेल्ने वक्ताहरूले हाेटल व्यवसायीहरू पर्यटन व्यवसायीहरू पनि भएकाे भन्दै यस क्षेत्रका पर्यटकीय एवं धार्मीक क्षेत्रकाे प्रचारप्रसारकालागी लाग्न अावश्यक रहेकाे बताएका थिए । उनीहरूले हाेटलहरूले सरसफाईमा गम्भीर भएर लाग्न अनुराेध गरेका थिए । पारिवारिक वातावरणमा ग्राहकहरूलाई सेवा सुविधा दपन व्यवसायीहरूलाई सहभागीहरूले सल्लाह दिएका थिए ।

कार्यक्रममा दाङ देउखुरी हाेटल व्यवसायी समितिका सल्लाहकार मुक्री खरेल, नेपाल पत्रकार महासंघ दाङका काेषाध्यक्ष आर.के.शीतल, राप्ती पाेष्ट द‌ैनिकका प्रकाशक सम्पादक सरद अधिकारी, रक्त सञ्चार केन्द्र दाङका ईञ्चार्ज दिलिपकुमार न्याैपानेले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

उपाध्यक्ष दिपेन्द्र पुनकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव
ईश्वर वि.एमले गर्नुभएकाे थियाे ।

२९ जनाले गरे रक्तदान

दाङ देउखुरी हाेटल व्यवसायी समिति दाङकाे २५ अाैँ स्थापना दिवसकाे अवसरमा ३० जनाले रक्तदान गरेका छन् । जसमा रूद्रबहादुर डाँगी, माेहन के.सी, बलराम जैसी, ईश्वरकुमार बुढा मगर, खीमकुमार गाैतम, कालिका खरेल, लीला पछाई, ढुण्डीराज भुषाल, शान्ती न्याैपाने, भेगप्रसाद न्याैपाने, निश्चल केसी, खीमप्रसाद केसी, गाेविन्द महरा, दामाेदर पाण्डेय, कृष्ण बिक, देवराज वली, बिनप्रसाद पुन, ईलमप्रकाश पुन मगर, प्रेम तामाङ, कमल रावत, दिपेन्द्र पुन, सन्ताेष केसी, रामबहादुर भण्डारी, सुरेन्द्रकुमार चाैधरी, श्यामकुमार पुन मगर, निश्चित केसी, सुनिल चाैधरी, कृष्ण चाैधरी, यमलाल घिमीरेले रक्तदान गर्नुभएकाे थियाे ।
रक्तदानकालागी रक्त सञ्चार केन्द्र घाेराहीले प्राविधिक सहयाेग गरेकाे थियाे । जसमा केन्द्रका ईञ्चार्ज दिलिपकुमार न्याैपाने, गाेपीचन्द चाैधरी, ईच्छा बुढा मगर र सीमा केसीकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*