Home / Feature Breaking news / दाङमा लकडाउन असार १ गतेसम्मलाई थप

दाङमा लकडाउन असार १ गतेसम्मलाई थप

दाङ,२५ जेठ । दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण ब्यबस्थापन समितिको मंगलवार घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न पसल र बैंकहरु खोल्ने समयलाई हेरफेर गरेको छ । जस अनुसार अव खाद्यान्न पसलहरु हरेक दिन विहान ६ बजेदेखि १० बजेसम्म खुल्ला गर्ने निर्णय गरेको प्रम्ुख जिल्ला अधिकारी एव समितिका अध्यक्ष दिर्घनारायण पौडेलले जानकारी दिएका छन् । उनका अनुसार अव सवै प्रकारका बैंकहरु हरेक दिन बिहान १० देखि २ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

बैठकले होटेल, रेष्टुरेण्ट,डान्सवार, खाजाघर, कपाल काट्ने पसललगायतका अन्य व्यवसायहरु खोल्न नपाइने निर्णय गरेको प्रम्ुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*