Home / समाचार / भण्डारीको स्मृतिमा शोकसभा

भण्डारीको स्मृतिमा शोकसभा

घोराही, ३ मंसीर
नेपाली कांग्रेस दाङ साविक क्षेत्र नम्बर ३ का सचिव एवं कांग्रेस नेता स्वर्गीय रणबहादुर भण्डारीको १३ दिनको पुण्यतिथीको अवसरमा आज श्रद्धाञ्जली सभा भएको छ ।

भण्डारी निवास घोराही उपमहानगरपालिका वडा नम्बर ८ मा नेपाली कांगेस साविक क्षेत्र नम्बर ३ र साविक त्रिपुर नग समितिको आयोजनामा सभा भएको हो ।

साविक क्षेत्र नम्बर ३ कांग्रेसका सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गीय भद्र, शालिन र क्रियाशील नेता भण्डारीले पार्टि र समाजकालागि अतुलनिय योगदान पु¥याएको भन्दै उहाँको निधनले पार्टिलाई ठुलो क्षति पुगेको बताएका थिए ।

कार्यक्रमा कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का, पूर्व सभापति विरकेशरी गौतम, घनश्याम रेग्मी, पूर्व सांसद अनिता देवकोटा, क्षेत्र नम्बर २ प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल, क्षेत्र नम्बर २ (१) का सदस्यका उमेद्वार कमलकिशोर घिमीरे, क्षेत्र नम्बर २ (२) का उमेद्वार भरतबहादुर न्यौपाने, सावित्रा राना लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण साविक त्रिपुर नगर समितिका सभापति दिपक पाण्डेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*