घोराही, ३ मंसीर
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रीक गठबन्धनले आज आईतवार चुनावी कार्यक्रम गरेको छैन ।
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) को पुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गर्दै यस क्षेत्रमा चुनावी कार्यक्रम नगरिएको प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगीले जानकारी दिनुभयो । प्रचण्डपुत्र दाहालको निधनप्रति दुःख व्यक्त गर्दै चुनावी कार्यक्रम नगरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै दाङ क्षेत्र नम्बर १ मा पनि लोकतान्त्रीक प्यानलले चुनावी कार्यक्रम गरेको छैन । यो क्षेत्रमा कांग्रेसले आज आईतवार माओवादी नेता प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गर्दै चुनावी कार्यक्रम नगरेको प्रचार समितिले बताएको छ ।
यसैबीच पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) को पुत्र प्रकाश दाहालको निधनप्रति क्षेत्र नम्बर २ का उमेद्वारहरु एवं प्रचार संयोजक एवं सहसंयोजकले दुःख व्यक्त गर्नुभएको छ ।
यस क्षेत्रबाट प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल, क्षेत्र नम्बर २ (१) का प्रदेश सदस्यका उमेद्वार कमलकिशोर घिमीरे, क्षेत्र नम्बर २ (२) का प्रदेश सदस्यका उमेद्वार भरतबहादुर न्यौपाने, कांग्रेस दाङ साविक क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगी, कांग्रेस दाङ साविक क्षेत्र नम्बर २ का सभापति गिरिराज सुवेदीले संयुक्त विज्ञप्ती निकाले प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तीको कामना गर्दै शोकमा परेका प्रचण्ड एवं दाहाल परिवारप्रति ईश्वरले धैर्यधारण गर्ने शक्ती प्राप्त होस् भन्दै समवेदना व्यक्त गर्नुभएको छ ।
यस्तै दाङ क्षेत्र नम्बर १ का कांग्रेसका उमेद्वारहरुले पनि दुःख व्यक्त गरेका छन् । प्रतिनीधी सभा सदस्यका उमेद्वार सुशीला चौधरी, क्षेत्र नम्बर १ (१) का प्रदेश सदस्यका उमेद्वार प्रदिप थापा र क्षेत्र नम्बर १ (२) का प्रदेश सभा सदस्यका उमेद्वार जानकीलाल बस्नेतले पनि पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) को पुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।