Home / Feature Breaking news / घोराही–लमही सडकखण्डको सात घुम्तीमा कन्भेक्स ऐना

घोराही–लमही सडकखण्डको सात घुम्तीमा कन्भेक्स ऐना

घोराही, २ मंसीर
बढ्दो सवारी दुर्घटना न्यूनिकरणकालागि दाङको लमही–घोराही सडकखण्डको विभिन्न स्थानमा कन्भेक्स ऐना राखीएको छ । यस सडकखण्डको विभिन्न स्थानमा रहेको घुम्तीहरुमा ती ऐना राखीएको हो । जिल्ला ट्रफिक प्रहरी कार्यालय दाङको सक्रियतामा ऐना राखीएको हो ।
घुमाउरो सडकमा सवारी दुर्घटना हुने उच्च जोखीमलाई मध्यनजर गर्दै यस सडकखण्डको ७ स्थानमा ऐना राखीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायन निरिक्षक उत्तमकुमार जिसीले जानकारी दिनुभयो ।

सडकखण्डको बेलदमार र मसोटको घुम्तीहरुमा शनिवार कन्भेक्स ऐना राखीएको हो । प्रभु बैंकको आर्थिक सहयोगमा ऐना राखीएको उहाँले जानकारी दिनुभयो । यी घुम्तीहरुमा धेरै पटक सवारी दुर्घटना भएकाले ऐना राखीएको र अब यी ऐनाको प्रयोगले सवारी दुर्घटना न्यून हुने ट्राफिक प्रहरीको विश्वास रहेको छ ।

त्यस क्रममा यस सडकखण्डको मसोट खोलामा रहेको साधुरो पुलमा जानकारीमूलक बोर्ड राखीएको छ । पुल साघुरो छ एकपटकमा एक सवारी साधनमात्र चल्न सक्ने सुचनामूलक बोर्ड राखीएको छ ।

त्यस अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नावय निरिक्षक उत्तमकुमार जिसी, हवल्दार रत्न शाही, हवल्दार जिवराज शर्मा जवान लालबहादुर देउवा, सामुदायिक प्रहरी सेवा केन्द्र दाङका सचिव आर.के.शीतल, टेलिभिजनकर्मी नारायण नेपाल, योगी पब्लीसिटी घोराहीका नारायणनाथ योगीको सहभागिता रहेको थियो ।    शनिवार घुम्तीहरुमा राखीएको ऐनाको अनिवार्य प्रयोग गर्न जिल्ल ट्राफिक प्रहरी कार्यालय दाङले सबैमा अनुरोध गरेको छ ।

सडकका विभिन्न ट्राफिक संकेतहरुको पूर्ण रुपमा पालना गर्न जिल्ला ट्रफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेले सम्पूर्ण चालकहरुमा अनुरोध गर्नुभएको छ ।

जिल्लामा ट्रफिक नियमको पालना गर्ने प्रचलन कमजोर रहेको भन्दै उहाँले नियमको पालना गरेमा सवारी दुर्घटनामा धेरै कमी आउने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*