Home / Feature Breaking news / एसइई परिक्षाका लागि दाङमा ४४ केन्द्र

एसइई परिक्षाका लागि दाङमा ४४ केन्द्र

लिलाधर वली
दाङ,५ चैत । यस वर्षको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइई चैत्र दश गते आइतवारदेखि सुरु हुदैछ । एसइई परिक्षा सञ्चालनका लागि जिल्ला परिक्षा समन्वय समितिले परिक्षा केन्द्र निर्धारण गरेको छ । जस अनुसार समितिले यसबर्ष दाङमा एसइई परिक्षा सञ्चालनका लागि ४४ वटा परिक्षा केन्द्र तोकिएको छ ।

जसमा ३८ वटा समुदायिक विद्यालय तथा ६ निजी विद्यालयमा एसइई परिक्षा केन्द्र तोकेको जिल्ला शिक्षा समन्वय इकाई कार्यालयका सूचना अधिकारी देवमणी चौधरीले जानकारी दिए । उनका अनुसार सवै विद्यार्थीलाई पायक पर्ने र सुरक्षाका दृष्टिले उपयुक्त रहेका विद्यालयहरुमा समितिले परिक्षा केन्द्र तोएिको हो ।

यसबर्ष ११ हजार ५ सय ४८ विद्यार्थी एसइई परिक्षामा सहभागी हुन थालेका छन । जसमा एक सय ४८ जना (विगत पाँच बर्षदेखि परिक्षा दिन थालेका विद्यार्थी रहेका छन) र ३ सय ७९ जना (एकदुई बर्ष पुराना विद्यार्थी) विद्यार्थीहरु रहेका छन । पुराना एक सय ४८ जना विद्यार्थीहरुको लागि घोराहीको सुभतारा माध्यामिक विद्यालयलाई परिक्षा केन्द्र तोकिएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
उक्त परिक्षा केन्द्र यस यसबर्ष थपिएको परिक्षा केन्द्र हो । गतबर्ष ४३ वटा परिक्षा केन्द्र जिल्लामा रहेका थिए । त्यस्तै यसबर्ष खुल्ला अन्तर्गत विद्यार्थीहरुले माध्यामिक विद्यालय तुलसीपुर सेन्टरवाट परिक्षा दिने भएका छन । जसअन्तर्गत दुई सय ८ जना विद्यार्थीले परिक्षा दिदैछन । जसमा एक सय १५ जना छात्र र ९३ जना छात्राहरु रहेका छन ।

त्यस्तै प्राविधिक धारतर्फका विद्यार्थीका लागि घोराहीको दीपशिखा आवासीय माध्यामिक विद्यालयलाई सेन्टर तोकिएको छ । जिल्लामा प्राविधिक धारतर्फ पढाई हुने सात वटा विद्यालयहरु रहेका छन । जसमा दुई सय ७३ जना विद्यार्थीहरु रहेकाका सूचना अधिकारी चौधरी जानकारी दिए । चौधरीका अनुसार प्राविधिक धारतर्फ एक सय ४५ छात्र र एक सय २८ जना छात्राहरु रहेकाछन ।
सूचना अधिकारी चौधरीका अनुसार ९१ सामुदायिक विद्यालय र ९२ निजी विद्यालयका विद्यार्थीहरु परिक्षामा सहभागी हुन थालेका छन । एसइई परिक्षा यसबर्ष यहि चैत्र १० गतेदेखि २२ गतेसम्म सञ्चालन हुदैछ । परिक्षाका लागि उत्तर पुस्तिका सम्पुर्ण परिक्षा केन्द्रहरुमा पठाई सकेको कार्यालयले जनाएको छ ।

यसैविच कार्यालयले परिक्षा केन्द्रमा सुरक्षा व्यवस्थाका लागि परिक्षा केन्द्राध्यक्षसहित प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहभागितामा आज छलफल गर्ने जनाएको छ । परिक्षालाई शान्त र भयरहित वातावरणमा सञ्चालन गर्नकालागि छलफल गर्न थालिएको उनले बताए । छलफलले एउटा परिक्षा केन्द्रमा कतिजना सुरक्षाकर्मी खटाउने भन्ने निर्णय गर्ने र त्यही अनुसार सुरक्षा संवेदनशिताका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको व्यवस्था गरिने सूचना अधिकारी चौधरीले जानकारी दिए ।

परिक्षा केन्द्र तोकिएका विद्यालयहरु
आदर्श माध्यामिक विद्यालय लालमटिया, माध्यामिक विद्यालय मौरिघाट, सर्वाेदय माध्यामिक विद्यालय सिसहनिया, माध्यामिक विद्यालय फल्कापुर, बाल जनता माध्यामिक विद्यालय वनगाउँ, जनता माध्यामिक विद्यालय गढवा, सरस्वती माध्यामिक विद्यालय विद्यानगर, माध्यामिक विद्यालय चैनपुर, आर्दश माध्यामिक विद्यालय देउपुर, राप्ती माध्यामिक विद्यालय उचानिम्वु रहेकाछन ।

त्यस्तै पद्मोदय पब्लिक माध्यामिक विद्यालय भरतपुर, माध्यामिक विद्यालय रझेना, सरस्वती माध्यामिक विद्यालय भरतपुर, बाल बिकास माध्यामिक विद्यालय घोराही, माध्यामिक विद्यालय डाडागाउँ, गोरक्ष रत्ननाथ माध्यामिक विद्यालय चौघेरा, महेन्द्र माध्यामिक विद्यालय श्रीवारीमा परिक्षा केन्द्र तोकेको चौधरीले जानकारी दिए । यसैगरी सिद्धरत्ननाथ माध्यामिक विद्यालय नारायणपुर, जयशेर माध्यामिक विद्यालय रावतगाउँ सौडियार, हापुर माध्यामिक विद्यालय निघुवार, जनकल्याण माध्यामिक विद्यालय दुघराश, जनता सस्कृत माध्यामिक विद्यालय बिजौरी, माध्यामिक विद्यालय कालाखोला,गुरुजजुर माध्यामिक विद्यालय रक्षाचौर रहेका छन ।

सूचना अधिकारी चौधरीका अनुसार परिक्षा केन्द्र महेन्द्र माध्यामिक विद्यालय तुलसीपुर, माध्यामिक विद्यालय तुलसीपुर सेन्टर, माध्यामिक विद्यालय अश्वरा, पशुपति माध्यामिक विद्यालय हरिपौरी, बालमितेरी माध्यामिक विद्यालय भोजपुर, अम्मर माध्यामिक विद्यालय उरहरी, बिरेन्द्र माध्यामिक विद्यालय हेकुली, सिद्धपृथ्वीजनता माध्यामिक विद्यालय श्रीगाउँ, बिरेन्द्र माध्यामिक विद्यालय भ्यूडहर सुनपुर, बी.पी.कोइराला माध्यामिक विद्यालय क्यालेसिमतारा, भानुभक्त माध्यामिक विद्यालय कौशिलापुर, बिरेन्द्र माधयामिक विद्यालय खिलतपुर, जनकल्याण माध्यामिक विद्यालय पदमपुर, सुभप्रभात माध्यामिक विद्यालय घोराही रहेका छन ।

त्यस्तै निजीतर्फ सनलाईट मोर्डन सेकेण्डरी स्कुल लमही, गोर्खा बोर्डिङ स्कुल घोराही, पशुपति विद्याश्रम नारायणपुर, तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुर,पब्लिक ज्ञानज्योति माध्यामिक विद्यालय तुलसीपुर र दीपशिखा आवासीय माध्यामिक विद्यालय घोराही रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*