Home / Feature Breaking news / आाजदेखी स्वस्थानी कथा सुरू

आाजदेखी स्वस्थानी कथा सुरू

दाङ, २५ पुस

पौषशुक्ल पूर्णिमा अर्थात आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी ब्रत शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई स्वस्थानीको ब्रत बस्दा मनोकांक्षा पूरा भएपछि स्वस्थानीको ब्रत प्रारम्भ भएको धार्मिक विश्वास छ । एक महिनासम्म विशेष पौराणिक कथा सुनेर ब्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरुको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ ।

श्री स्वस्थानीको ब्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा पनि वास हुने विश्वास गरिन्छ । काठमाडौँ उपत्यकाबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यहींँ बसेर एक महिनासम्म नै विशेष विधिपूर्वक श्री स्वस्थानीको ब्रत बस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*