Home / Feature Breaking news / सरकार गुमेपछि विश्वप्रकाशको टिप्पणी– हामी एम्बाप्पे भयौं, कप अर्कैले लग्यो
फाईल तस्वीर

सरकार गुमेपछि विश्वप्रकाशको टिप्पणी– हामी एम्बाप्पे भयौं, कप अर्कैले लग्यो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु ‘एम्बाप्पे’ भएपनि कप अर्कैले लिएको अवस्था भएको टिप्पणी गरेका छन्। कांग्रेसको हातबाट अन्तिम समयमा सरकार खोसिएपछिको अवस्थालाई टिप्पणी गर्दै पोखरा साहित्य सम्मेलनमा शर्माले यस्तो बताएका हुन्।

उनले भने, ‘मंसिर ४ को निर्वाचनमा सवैभन्दा धेरै सिट हामीले जित्यौं। विश्वकपमा गोल्डेन बुट एम्बाप्पेले जित्यो। गोल्डेन बुट जित्यो। हामी एम्बाप्पे बनेर आएका छौं। कप अर्कैले लिएको छ।’

उनले ५ वर्षपछि च्याम्पियन बन्ने भन्दै कार्यकर्तालाई चिन्ता नलिन आग्रह गरिरहेको बताए। अहिलेका च्याम्पियन देखिएकालाई ५ वर्षपछि डिफेन्डिङ च्याम्पियनमा सीमित राख्न आफूहरु लाग्ने शर्माले उल्लेख गरे।

उनले ‘अहिले जे भएको छ, ठिकै भएको छ’ का रुपमा बुझ्न सकिने उल्लेख गरे। थपे,  ‘नेपाली कांग्रेसका लागि टर्निङ प्वाइन्ट हो। जे भएको छ,  ठिकै भएको छ। यो अलि समयपछि बुझिन्छ। शुभकामना दिइरहँदा गहनातापूर्वक विश्लेषण गरौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*