Home / समाचार / रेडीयो प्रकृतीले आठौँ वर्षीक उत्सवमा कार्यक्रम गर्ने

रेडीयो प्रकृतीले आठौँ वर्षीक उत्सवमा कार्यक्रम गर्ने

तुलसीपुर, २१ असोज
दाङको तुलसीपुरस्थित सामूदायिक रेडियो प्रकृित एफ.एम ९३ दशमलव ं४ मेगाहर्ज भोली आईतवारदेखी आठौँं बर्षमा प्रवेश गर्दैछ ।

सात बर्ष पुरागरी आठौं बर्ष प्रवेश गरेको अवसरमा रेडीयोले भोली बिषेश कार्यक्रमको आयोजना गरी आठौं बार्षिक उत्सव मनाउँदै छ । रेडीयोका अध्यक्ष खगेन्द्र पोखरेल र सचिव रामप्रसाद चालीसेले आज संयुक्त विज्ञप्ति जारी गरी विहान ११ बजेदेखी तुलसीपुर उद्योग वाणिज्य सघंको हलमा सुरु हुने कार्यक्रममा सहभागी हुन सम्पूर्ण सञ्चारकर्मी, विज्ञापनदाता तथा शुभचिन्तकहरुलाई अनुरोध गर्नुभएको छ ।

प्रकृति रेडीयोले समाचारका साथै सूचना तथा मनोरञ्जन त्यसैगरी वन, वातावरण र प्रकृति संरक्षण सम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आएको छ । २०६७ साल असोज २२ गतेदेखी प्रसारण आरम्भ गरेको रेडीयो प्रकृती नेपालकै पहिलो वातावरण मैत्री सामूदायिक रेडीयो हो ।

उक्त कार्यक्रममा रेडीयोमा कार्यरत कर्मचारी माधव कडेल, शीतला, उत्कृष्ट कार्यक्रम सञ्चालक तुफानबाबु श्रेष्ठ, नियमीत कार्यक्रम सञ्चालक राजन लामीछाने र बिस्मात केसीलाई पुरस्कृत गरिने स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उत्कृष्ट विज्ञापनदाता स्र्वगद्धारी डेन्टल क्लिनीक, सांग्रीला प्लाई हाउस र ज्योती मेडीकल हललाई सम्मान गरिने पनि उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी उत्कृष्ट सामूदायिक वन ठुलाचौर सामूदायिक वन हलवार र ग्रीन तुलसीपुर क्लिन तुलसीपुरका अभियन्ता बिमल रिजाललाई सम्मान गरिने रेडीयोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*