Home / Feature Breaking news / दाङ उवासंघमा गैरव्यवसायी प्रवेश भयाे- संघ

दाङ उवासंघमा गैरव्यवसायी प्रवेश भयाे- संघ

दाङ, २३ पुस

दाङ जिल्ला उद्योग वाणिज्य संघले गैरव्यवसायिहरुलाई समेत उद्योग वाणिज्य संघमा प्रवेश गराउन खोजेको भन्दै प्रजातान्त्रीक उद्यमी संघले कडा आपत्ति जनाएको छ ।

उद्योग वाणिज्य संघका केहि पदाधिकारी तथा सदस्यहरुको स्वार्थका कारण गैरव्यवसायिहरुलाई समेत संस्थामा आवद्ध गराएर आगामी चुनावलाई प्रभावित पार्न खोजेको संघले जनाएको छ ।

received_671419716725809

संघका अध्यक्ष गुरुप्रसाद कँडेलले आज विज्ञप्ती प्रकाशित गरि उद्योग वाणिज्यसंघको निर्वाचनलाई प्रभावित पारेर चुनावी नतिजा आफ्नो पक्षमा पार्नका निम्ती व्यवसायिहरुको साझा संस्थाको गरिमा खस्काउने प्रयास भैरहेको दाबी गरेका छन् ।

विज्ञप्तीमा उल्लेख भए अनुसार घोराही उपमहानगरका केहि वडाहरुबाट अहिले गैरव्यवसायिहरुलाई समेत व्यवसायिका रुपमा धमाधम अनुमती प्रदान गरिरहेका छन् । यसैगरि राजश्व छलि गरेकाहरुलाई समेत व्यवसायिको मान्यता प्रदान हुँदै आएको छ ।

यिनै वडामा दर्ता भएका व्यवसायिक फर्मका आधारमा अनुमती पाउने व्यवसायिहरु उद्योग वाणिज्य संघमा आवद्ध हुन पाउँछन् ।

यसरी स्थानीय सरकार मार्फत व्यवसायिका रुपमा अनुमती पाएका गैरव्यवसायिहरुका सम्वन्धमा छानवीन गर्न प्रजातान्त्रीक उद्यमी संघले दाङ उद्योग वाणिज्य संघलाई आग्रह समेत गरेको छ ।

अन्यथा चुनावी लाभ लिनका लागि गैरव्यवसायिहरुलाई समेत उद्योग वाणिज्य संघमा भर्ती गर्ने परिपाटीका बिरुद्ध कडा रुपमा प्रस्तुत हुने समेत उद्यमी संघले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*