Home / समाचार / सेनामा चार जना सहायकरथीमा बढुवा

सेनामा चार जना सहायकरथीमा बढुवा

दाङ, ११ माघ
सरकारले नेपाली सेनाका चार जना महासेनानीलाई सहायकरथीमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बुधवार बसेको बैठकले सैनिक मुख्यालयको सिफारीसमा सेनाका चार जना महा–सेनानीलाई सहायक रथीमा बढुवा गरेको हो ।

सरकारले महासेनानीहरु विनय विक्रम राणा, मिनध्वज खड्का, बावुराम श्रेष्ठ र सुरजबावा सुनुवारलाई सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भएका राणा हाल चीनमा र श्रेष्ठ पाकिस्तानमा एनडिसी तालिम गर्दैछन् । बढुवामा परेका चारै जना २६ बेसिकका सैनिक अधिकृत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*