Home / Feature Breaking news / ८ जना राष्ट्रिय सभा सदस्यकालागि ११ जनाको उमेद्वारी, अनिता देवकोटा निर्विरोध निर्वाचित

८ जना राष्ट्रिय सभा सदस्यकालागि ११ जनाको उमेद्वारी, अनिता देवकोटा निर्विरोध निर्वाचित

दाङ, १० माघ
राष्ट्रिय सभा निर्बाचनका लागि ५ नम्बर प्रदेशका ८ सदस्यका लागि ११ जनाको उमेद्बारी परेको छ । यस प्रदेशमा कांग्रेसबाट ४, एमालेबाट ४, माओवादी केन्द्रबाट २ र राष्ट्रिय जनमोर्चाबाट १ जना गरि ४ जनाको उमेद्वारी परेको छ ।

 IMG_4663

महिलातर्फ ३ राष्ट्रिय सभा सदस्यका लागि नेपाली काग्रेसकी निबर्तमान सभासद अनिता देबकोटा(दाङ), एमालेबाट कलाकार कोमल ओली (दाङ), र मिना बुढा (रोल्पा)को मात्र उमेद्बारी परेको छ । कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएकी छिन् भने एमालेकी वली र बुढा पनि निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै खुला÷अन्य तर्फका ३ जनामा नेपाली काग्रेसले दुर्गा प्रसाद उपाध्याय (रुपन्देही), एमालेले एमालेले खिमलाल भट्टराई (रुपन्देही), माओबादी केन्द्रका चन्द्रबहादुर खड्का (अर्घाखाची), र राष्ट्रिय जनमोर्चाका रश्मीराज अधिकारी (नेपाली) (दाङ)ले उमेद्बारी दर्ता गराएका छन् ।

IMG_4695

यस्तै दलित तर्पmको १ सदस्यमा एमालेका राम लखन चमार (पश्चिम नबलपरासी) र नेपाली काग्रेसबाट मैकुलाल बाल्मीकी (बाँके)को उमेद्बारी परेको छ ।

यस्तै अपाङ्क वा अल्पसंख्यक तर्फको एक सदस्यका लागि एमाओबादीका राजकुमार कुबर (रोल्पा) र नेपाली काग्रेसका लुटबहादुर खत्री (बाँके) को उमेद्बारी परेको राष्ट्रिय सभा निर्बाचनको ५ नम्बर प्रदेशको निर्वाचन अधिकृत कार्यालयका अधिकृत हेमन्त रावलले जानकारी दिए । उमेदबारहरुले आफ्नो उमेद्बारी संबिधान कार्यन्वयन र देशको शान्ती र समृद्घीका लागि भएको बताएका छन् ।

IMG_4589

उमेद्बारी दर्ता गर्न एमाले, काग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आफ्ना केन्द्र तथा जिल्लाका नेता पार्टीका झण्डा र जुलुस सहित उपस्थित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*