Home / Feature Breaking news / घोराह १७ मा द्धन्दपिडीतलाई निशुल्क स्वास्थ्य बीमा

घोराह १७ मा द्धन्दपिडीतलाई निशुल्क स्वास्थ्य बीमा

घोराही, २२ मंसीर

घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले जिल्लामै पहिलो पटक द्धन्दपिडीतहरुकालागी निशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । वडा कार्यालयले वुधवार एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य बीमा सुरु गरेको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले द्धन्दपिडीतहरुकालागी स्वास्थ्य बीमाको उद्घाटन गर्नुभएको हो ।


घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले जिल्लामै का अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमसख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको जनयुद्ध, जनआन्दोलनका सहिद, बेपत्ता, घाईते परिवारकालागी निशुल्क स्वास्थ्य बीमा उद्घाटन कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले द्धन्दको समयमा विभिन्न प्रकृतिका घटनाहरु भएको र ती घटनाका पिडीतहरु अहिले पनि विभिन्न समस्याबाट ग्रसित रहेको बताउनुभयो । सहिद परिवार, वेपत्ता र घाईते भएकाहरुले देखीने पीडा भएपनि अन्य द्धन्दको समयमा भएका यौजनजन्य हिंसाका घटना, यातनाका घटनाका पिडीतहरु कागजी रुपमा पिडीत नरहेको कारण आफुहरुलाई सम्पूर्ण द्धन्दपिडीतहरुकोलागी काम गर्न अप्ठेरो भएको बताउनुभयो । घोराही उपमहानगरपालिकाले नगर भित्रका सम्पूर्ण द्धन्दपिडीतहरुकालागी निशुल्क स्वास्थ्य बीमा गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।


कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक बर्ष द्धन्दपिडीतहरुकालागी विभिन्न कार्यक्रमहरु गर्दै आएको र यो चालु आर्थिक वर्षमा द्धन्दपिडीतहरुकालागी निशुल्क स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले पहिलो चरणमा ३३ जना द्धन्दपिडीतहरुको स्वास्थ्य बीमा गर्न लागिएको जानकारी दिनुभयो । साथै उहाँले वडामा बसोबास गर्ने द्धन्दपिडीतहरुले घटना भएको खुल्ने कागजपत्र लिएर वडा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गर्नुभयो ।


स्वास्थ्य बीमा बोर्ड दाङका प्रमुख गोपीलाल वलीले जिल्ला मै पहिलो पटक घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले द्धन्दपिडीतहरुकालागी निशुल्क स्वास्थ्य बीमा सुरु गरेको बताउनुभयो । उहाँले स्वास्थ्य बीमा जनकल्याणकारी एवं सामाजिक साझेदारी कार्यक्रम भएको बताउनुभयो । नेपाल सरकारको निर्देशन अनुसार जेष्ठ नागरिक, क वर्गको अपांग भएका व्यक्तीको परिवार, एचआईभी एड्स भएका व्यक्तीको परिवार, गम्भीर खालको टिभी भएका व्यक्तीहरुकालागी स्वास्थ्य बीमा निशुल्क भएको बताउनुभयो । अति विपन्न र अति गरिब परिवारकोलागी पनि निशुल्क स्वास्थ्य बीमा रहेको तर दाङमा अति विपन्न र गरिबीहरुको परिचय पत्र नभएकाले लागु गर्न समस्या भएको बताउनुभयो । वलीले असार मसान्तसम्म ५० प्रतिशन नागरिकहरु स्वास्थ्य बिमाको पँहुचमा ल्याउने लक्ष्य रहेको भन्दै यसमा जोडीन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गर्नुभयो ।


कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले द्धन्दपिडीतहरुको पीडा महशुस गर्न नसकीने खालको भएको भन्दै ती पीडामा मह्लमपट्टी लगाउनकालागी घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले सुरु गरेको निशुल्क स्वास्थ्य बीमा पंशसायोग्य कार्य भएको बताउनुभयो । उहाँले सरकारको नितिका कारण केही वास्तविक द्धन्दपिडीतहरु पनि सरकारबाट पाउने सेवा सुविधाबाट बञ्चीत हुनु परेको भन्दै त्यसमा स्थानीय सरकारले ध्यान दिन आवश्यक भएको बताउनुभयो । साथै द्धन्दको समयमा हिंसा एवं यातनामा परेका महिलाहरुको कथा झनै दर्दनाक भएको भन्दै उनीहरुलाई पनि सरकारका कार्यक्रमले समेट्नुपर्ने उहाँको भनाई थियो ।

द्धन्दपिडीत साझा सञ्जालका अध्यक्ष प्रकाश चौधरीले सरकारको निति र कागजी प्रक्रीयाका कारण वास्तविक द्धन्दपिडीतहरु सरकारबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चीत भएको बताउनुभयो । उहाँले स्थानीय सरकारले द्धन्दपिडीतहरुकालागी निति नै बनाएर अगाडी बढ्न आवश्यक भएको उहाँको भनाई थियो ।
वडा सदस्य रेवन्ता पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव मोहनसिंह सुनारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*