घोराही, १५ साउन
दाङका दलित नेता स्वर्गीय दिनेश नेपालीको स्मृति दिवशमा आज घोराहीमा एक कार्यक्रम सम्पन्न भएको छ । दलित संघ दाङ क्षेत्र नम्बर ३ को आयोजनामा स्मृति दिवशमा कार्यक्रम भएको हो । नेपाल दलित संघ क्षेत्र नम्बर ३ कासभापति शरद वि.क ‘समिप’ को अध्यक्षता एवं दलित संघका केन्द्रिय सदस्य एंव नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जोगेन्द्र विश्वकर्माको प्रमुख आतिथ्य र नेपाली काँग्रेस दाङका पुर्व सभापति विरकेशरी गौतमको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा बोलदै प्रमुख अतिथि विश्वकर्माले दलित समुदायका लागी अधिकारका कुरा धेरै भएपनि अवसरमा त्यो नदेखीएको बताउनुभयो । दलित समुदाय लाई राज्यले कानुनी रुपमा अधिकार सम्पन्न बनाए पनि न्यो कानुनको अनुभुति दलित समुदायले गर्न नसकेको उहाँको भनाई छ । लामो जातिय आन्दोलन सँगै जातिय अधिकार सम्पन्न भईसकेका दलित समुदाय जातिय अधिकार सम्पनता अनुरुप अवसर पाउन नसकेको विश्वकर्माले बताउनुृभयो । स्थानीय तहको निर्वाचनमा जिल्लामा दलित महिला आरक्षण सिट वाहेक ४३ जना दलित समुदाय व्यक्तिले स्थानिय तहको प्रतिनिधित्व गर्ने अवसर पाएको उहाँले बताउनुभयो । प्रमुख अतिथि विश्वकर्माले स्वर्गीय नेपालीको स्वर्गारोहण पछि दलित संघ दाङ २ वर्ष देखी नेतृत्व विहिन अवस्थामा गुज्रिरहेकाले संघको नेतृत्व निर्माणका लागि पार्टी नेतृत्वपंक्तीले ध्यान दिनुपर्ने बताउनुभयो । विश्वकर्माले नेतृत्वपंक्ती भित्रको आन्तरिक गुठवन्दीका कारण संघले नेतृत्व पाउन नसकेको आरोप पनि लगाउनुभयो ।
विशिष्ट अतिथि नेपाली काँग्रेस दाङका पुर्व सभापति विरकशरी गौतमले दलित समुदायहरुले मुलुक विकासका लागि ठुलो योगदान पु¥याए पनि राज्यले आवश्यक अधिकारको अवसर दिन नसकेको बताउनुभयो । उहाँले नेतृत्व पत्तीले यसमा ध्यान दिन पनि आग्रह गर्नुभयो । कार्यक्रम नेपाली काँग्रेसका महासमिति सदस्य अर्जुन कुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि भरत वहादुर न्यौपाने, नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, कोषाध्यक्ष सावित्रा राना, पुर्व महासमिति सदस्य हरि रजौरे, महाधिवेशन प्रतिनिधि ताराप्रसाद नेपाली, चेत वहादुर सेर्पाइली, क्षेत्रीय उप–सभापति भगतसिंह भण्डारी, दलित संघ दाङका पुर्व उपाध्यक्ष बाबुराम विक, पुर्व सचिव लोका विक, निवर्तमान क्षेत्रिय सभापति प्रकाश नेपाली, शमशेर नेपाली, महिला संघ दाङकी अध्यक्ष गोमा रावत, नेविसंघ दाङका उपाध्यक्ष टोप वहादुर वुढाथोकी , नेविसंघ क्षेत्र न. ३ का अध्यक्ष तिलक रावत, नेपाल महिला संघ क्षेत्रिय अध्यक्ष जानका केसी, संघकी पुर्व कोषाध्यक्ष सपना विक, संघकी पुर्व जिल्ला सदस्य रीता विक, पुष्पा वादी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दलित संघ दाङ क्षेत्र न. ३ का उपाध्यक्ष केशव नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा स्वार्गीय नेपालीको धर्मपत्नी बिन्दु कुमारी नेपालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव पदम नेपालीले गरेका थिए ।