Home / Feature Breaking news / भालुवाङमा युवकको शव फेला

भालुवाङमा युवकको शव फेला

दाङ,७  कात्तिक । दाङमा एक युवकको शब फेला परेको छ । दाङको राप्ती गाउँपालिका वडा नं. १ स्थित राप्ती नदीको किनारमा निर्माण गरिएको तडबन्धमा शब फेला परेको हो । मंगलवार दिउसो ११ बजेतिर तडबन्धमा झुण्डिराखेको अबस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रवीन्द्र पाण्डेले बताए ।

उनका अनुसार घटना शंकास्पद रहेको छ । अन्दाजी ४० बर्षको जस्तो देखिने उनको सनाखत भने हुनसकेको छैन् । यस अघि पनि भालुबाङको निर्माणधिन बसपार्क नजिक एक बृद्धको शब फेला परेको थियो । ती बृद्धको शब अहिलेसम्म पनि सनाखत हुनसकेको छैन् । यसैविच सव भेटिएको स्थानमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरी शर्माले निरिक्षण गरेका छन । घट्नास्थल पुगेर शर्माले उक्त घट्नाको गम्भीरतापूर्वक अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*