घोराही, २८ पुस
ज्नयुद्धको कथा समेटिएको नेपाली कथानक चलचित्र ‘साईली’ निर्माण भएको छ । दंगाली कलाकारहरुले उक्त चलचित्रको निर्माण गरेका हुन् । माओवादी युद्धको समयमा देश र जनताको लागि ज्यानकै बाजी लगाएर होमिएका जनयुद्ध सेनाको कथालाई पर्दामा उतारिएको चलचित्र निर्माण गरिएको निर्माता एवं चलचित्रका कथाकार सुदन थापाले जानकारी दिनुभयो ।
चलचित्रको बारेमा शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ । चलचित्र निर्माण टिमले घोराहीमा पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी दिएको हो ।
दाङ र रोल्पाको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा द्धन्द्धकालिन समयको दृश्यदेखी अवकाश पाएका पूर्व जनमुक्ती सेनाको कथालाई समावेश गरिएको अर्का निर्माता बसन्त बुढाथोकीले जानकारी दिनुभयो ।
‘म रुकुममा हुर्केको मान्छे, द्धन्द्धकालीन सबै घटना देखे भोगे, त्यसपछि शान्ति सम्झौतापछि पूर्व लडाकुहरुको अवस्था नि नजिकबाट देखेको छु’ चलचित्रका कथाकार थापाले भन्नुभयो ‘यी सबै दृश्य देखेर नै मैले यो चलचित्रको कथा लेखेको हुँ । सबैले माया गरिदिनुहुनेछ । हेरेर सल्लाह दिनुहुनेछ ।’ काल्पनिक रुपमा चित्रण गरिएको भएपनि यो चलचित्रको कथा धेरैको जिवनसँग मेल खान सक्ने थापाले बताउनुभयो ।
सुदन थापाको कथा, बसन्त बुढाथोकी र सुदन थापा निर्माता रहेको चलचित्र ‘साईली’को निर्देशन अंकित डिसीले गर्नुभएको छ । लोकराज घर्तिले छायांकन गरेको चलचित्रको सुवर्ण बस्नेत सम्पादन गर्नुभएको छ ।
चलचित्रमा सुदन थापा, बसन्त बुढाथोकी, अर्चना केसी, सन्तोष शर्मा, मनोज रसाईली, सम्झना डिसी, शोभा विक लगायतको मुख्य भूमीका रहेको छ ।
द डिजेएसवीको उत्पादन र हाम्रो टेलिभिजनको प्रस्तुति रहेको चलचित्र साईलीको आगमी फागुन २६ गते घोराहीको निमा चलचित्र हलमा च्यारेटि शो गर्ने तयारी रहेको निर्माण टिमले जानकारी दिएको छ ।