दाङ, १० जेठ । प्रेस सेन्टर नेपाल, दाङ शाखाले कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा पाँच जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
प्रेस सेन्टर नेपाल, दाङको मंगलबार घोराहीमा बसेको पदाधिकारी बैठकले ती पुरस्कार यही जेठ १३ गते कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा प्रदान गर्ने निर्णय गरेको हो ।
सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षता एवम् संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष एवम् दाङ जिल्ला इञ्चार्ज प्रकाश चौधरीको प्रमुख आतिथ्यतामा बसेको पदाधिकारी बैठकले यसवर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मी आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ । आचार्य संगठको केन्द्रीय सदस्य हुन ।
त्यसैगरी यस वर्षको लोककुमारी स्मृति पत्रकारिता पुरस्कार संगठनका नेता एवम् नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य केशरमान बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष शर्माले जानकारी दिएका छन् । प्रेस सेन्टर नेपाल दाङ कृयाशील पत्रकारिता पुरस्कार घोराही शाखा उपाध्यक्ष हेमराज परिवर्तन र तुलसीपुर शाखा सहसचिव सुमन केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
सेन्टरले यसवर्ष प्रेस सेन्टर प्रोत्साहन पत्रकारिता पुरस्कार संगठका गढवा पालिका अध्यक्ष पुष्पा पौडेललाई प्रदान गर्ने निर्णय गरेको हो ।
RaptiSandesh RaptiSandesh