Home / Feature Breaking news / लुम्बिनीमा मन्त्रिपरिषद विस्तारको तयारी, दाङबाट दुई मन्त्री थपिने

लुम्बिनीमा मन्त्रिपरिषद विस्तारको तयारी, दाङबाट दुई मन्त्री थपिने

दाङ,२२ असोज । लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । नेपाली कांग्रेसले मन्त्रीको नाम पठाए आजै र नपठाए आइतवारसम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

लुम्विनीमा बनेको नयाँ राजनीतिक समिकरणले तत्कालिन मुख्ममन्त्री शंकर पोख्रेललाई हटाएपछि लुम्बिनी प्रदेशमा हाल सात जना मन्त्री छन् । अब माओवादी केन्द्रबाट तीन फूल र दुई राज्य तथा कांग्रेसबाट तीन फूल र दुई राज्यमन्त्री गरी दश जना मन्त्री थप्ने तयारी छ ।

माओवादी केन्द्रले आन्तिरिक मामिला तथा कानूनमन्त्रीमा बर्दियाका तिलकराम शर्मा र स्वास्थ्य मन्त्रीमा दाङका इन्द्रजीत थारुलाई पठाउने निश्चित भइसकेको छ । बाँकी एक जना फूल मन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने कि माओवादीले नै लिने भन्ने बिषयमा छलफल चलिरहेको छ ।

एक जना फूल मन्त्री एकीकृत समाजवादीलाई दिएको खण्डमा माओवादीबाट कपिलवस्तुकी शुष्मा यादव राज्यमन्त्री बन्ने संभावना छ । नेकपा एकीकृत समाजवादीले फूल मन्त्री नलिएको अवस्थामा भने शुष्मा नै फूल मन्त्री बन्ने संभावना छ ।

त्यस्तै माओवादीबाट राज्यमन्त्रीमा बिमला खत्री ओलीको निश्चित भइसकेको स्रोतले जनाएको छ । स्वास्थ्य मन्त्रमिा प्रस्तावित थारु दाङ निर्वाचन क्षेत्र नम्बर १ (१)बाट र राज्यमन्त्रीमा प्रस्तावित खत्री दाङ ३(२)बाट निर्वाचित हुन ।

कांग्रेसले एक जना मन्त्री सुरेन्द्र हमालको नाम टुंगो लगाएको भए पनि बाँकीको नाम टुंगो लगाउन बाँकी रहेको छ । कांग्रेसले पनि तीन फूल मन्त्री र दुई राज्यमन्त्री पाएको छ । कांग्रेस विकासे मन्त्रालयको रुपमा चिनिएका वन, शिक्षा र सिचाइँ मन्त्रालय पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*