बिमला घर्ती
घोराही, १ भदौ
दाङमा पशुपालनमा तथा उद्योगमा करोडौ रुपैँयाको लगानी गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रका कृषकहरु पशुपालनतर्फ आर्कषित भएसंगै जिल्ला पशु उद्योगको हवका रुपमा विकास हुँदै गएको छ ।
कृषकहरुले व्यावसायीक रुपमा पशु उद्योग संचालन गरेका छन् । जिल्लामा चार सय ४८ पशुपालन उद्योग संचालन भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जानकारी दिएको छ ।
जसमा गाइपालन, भैसीपालन, बंगुरपालन, बाख्रापालनमा करोडौ रुपैँयाको लगानी भएको छ । जस अनुसार घोराही उपमहानगरपालिका क्षेत्रमा एक सय १० पशुपालन उद्योग संचालन भएको छ ।
घोराहीमा मात्रै पाँच करोड ९९ लाख ६५ हजार एक सय ७० रुपैँया स्थिर पुँजी लगानी रहेको छ । भने छ करोड छ लाख २५ हजार छ सय ५५ रुपैँया चालु लगानी रहेको जानकारी गराइएको छ ।
१२ करोड पाँच लाख ९० हजार आठ सय २५ रुपैँया कुल पुँजी लगानी गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका क्षेत्रमा पशु उद्योगबाट नौ करोड ५४ लाख ९५ हजार नौ सय ५० रुपैँया उत्पादन क्षमता रहेको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकामा पनि एक सय ३२ वटा पशुपालन उद्योग संचालन भएका छन् । १२ करोड पाँच लाख ९० हजार आठ सय २५ हजार रुपैँया कुल लगानी रहेको छ ।
जसमा स्थिरमा पाँच करोड ९९ लाख ६५ हजार एक सय ७० रुपैँया र चालुतर्फ छ करोड ६२ लाख पाँच हजार छ सय ५५ रुपैँया रहेको छ । जसको उत्पादन क्षमता नौ करोड ५४ लाख ९५ हजार नौ सय ५० रुपैँया रहेको जानकारी गराइएको छ ।
लमही नगरपालिका क्षेत्रमा पनि पशु उद्योग संचालन गर्नेहरुको संख्या उल्लेखनीय देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार लमहीमा ४८ वटा पशुपालन उद्योग संचालन भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई संचालन भएको उद्योग संख्या भएपनि लमही क्षेत्र लगायत अनेत्र पनि पशुपालन गर्नेहरुको संख्या धेरै हुनसक्ने बताइन्छ । लमहीमा पशु उद्योग संचालनका लागि चार करोड १८ लाख ३० हजार छ सय ५० रुपैँया कुल पुँजीगत लगानी गरिएको छ ।
जसमा स्थिर पुँजी एक करोड ५८ लाख २७ हजार नौ सय रुपैँया र चालु दुई करोड ३३ लाख दुई हजार ६ सय ९० रुपैँया लगानी छ । जहाँको उत्पादन रुपैँया तीन करोड चार लाख ७३ हजार चार सय रुपैँयाको क्षमता छ ।
गाउँपालिकाहरुमा पनि प्रयाप्त मात्रामा पशुपालन उद्योग संचालन भएको देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले उपलव्ध गराएको जानकारी अनुसार राप्ती गाउँपालिकामा २७ वटा पशुपालन उद्योग संचालनमा रहेका छन् ।
जहाँ दुई करोड ८७ लाख ८४ हजार रुपैँया पशु उद्योगमा कुल पुँजीगत लगानी गरिएको छ । एक करोड ७५ लाख २१ हजार छ सय रुपैँया स्थिर र एक करोड १७ लाख ६२ हजार पाँच सय चालु लगानी रहेको छ । तीन करोड १५ लाख ९२ हजार रुपैँया उद्योगको उत्पादन क्षमता रुपैँया रहेको छ ।
गढवा गाउँपालिकामा ४३ वटा पशु उद्योग संचालित छन् । जसमा पाँच करोड आठ लाख २७ हजार रुपैँया कुल पुँजीगत लगानी रहेको छ । स्थिर लगानी दुई करोड ४३ लाख ५८ हजार र दुई करोड ६४ लाख ६९ हजार चालु लगानी रहेको जानकारी गराइएको छ । जहाँ तीन करोड चार लाख ७३ हजार चार सय लगानी गरिएको छ ।
राजपुर गाउँपालिकामा १० वटा पशु उद्योग संचालन भएका छन् । ६६ लाख ५० हजार कुल लगानी रहेको छ । भने ५८ लाख ४० हजार उत्पादन क्षमता रहेको जानकारी गराइएको छ । बंगलाचुली गाउँपालिकामा सवैभन्दा कम अर्थात पाँच वटा पशु उद्योग संचालन भैरहेका छन् । २३ लाख कुल पुँजीगत लगानी रहेको छ । भने उत्पादन क्षमता १७ लाख ३९ हजार पाँच सय रुपैँया रहेको छ ।
यसैगरी शान्तिनगर गाउँपालिकामा २३ वटा पशु उद्योगमा एक करोड ७७ लाख २७ हजार रुपैँया लगानी, बबई गाउँपालिकामा ३२ वटा पशुउद्योगमा एक करोड ३७ लाख ३९ हजार, दंगीशरण गाउँपालिकामा १९ वटा पशु उद्योगमा दुई करोड ८४ लाख २९ हजार रुपैँया लगानी गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जानकारी दिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमवहादुर वलीले पछिल्लो समय दाङ जिल्लामा पशुपालनमा आकर्षण बढीरहेको जानकारी दिनुभयो । विगतमा व्यक्तिले घरमा आफ्नो लागि मात्रै पशुपालन गर्ने चलन रहेकोमा पछिल्लो समयमा व्यक्तिले र संस्थागत रुपमा पशुपालन गर्ने क्रम शुरु भएको छ ।