Home / Feature Breaking news / ‘लागु औषध खाएको पहिचान कसरी गर्ने’ शिक्षकहरुलाई प्रशीक्षण

‘लागु औषध खाएको पहिचान कसरी गर्ने’ शिक्षकहरुलाई प्रशीक्षण

घोराही, १४ साउन
लागु औषध (ड्रग्स) खाएको पहिचान गर्ने सम्वन्धी प्रशिक्षण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । नार्कोनन्सँग्को समन्वयमा सामुदायीक प्रहरी सेवा केन्द्र दाङको आयोजन र गोर्खा बोडिङ स्कूल घोराहीको व्यवस्थापनमा भएको प्रशिक्षण कार्यक्रममा जिल्लाका सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सामाजिक संघसंस्थाका प्रतिनीधी, क्लब, टोल विकास संस्था, मानव अधिकारकर्मी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा नार्कोनन्का दक्षीण एशीया प्रमुख, पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष, पूर्व प्रहरी वरिष्ठ उपरिक्षक लागु औषध विरुद्धका अन्तराष्ट्रिय अभियान्ताका रुपमा ख्याति कमाउनुभएका बसन्तराज कुवरले प्रशीक्षण दिनुभएको थियो । लागु औषध भनेको के हो, दुव्र्यसनी बन्नुका कारण, लक्षण, बच्ने उपाय, दुव्यर्सन रोक्न विद्यालय, परिवार र सरोकारवालहरुको भूमीका लगायतका विषयमा कुवरले जानकारी गराउनुभएको थियो । उहाँले ड्रग्स खाने मानिस दुब्लाउने, पढाईमा कमजोर हुने, एकान्तमा बस्न रुचाउने, राति ढिला सुत्ने विहान अबेर उठ्ने जस्ता लक्षण देखीने भएकाले शिक्षक र अभिभावक सचेत हुनुपर्ने उहाँको भनाई थियो ।

सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोेल्दै चौधरीले दुव्र्यसनीले परिवार संगै देशलाई समेत असर पु¥याउने भएकाले यसलाई रोक्नकालागि सबैले पहल थाल्नु पर्ने बताउनुभयो । देशको विकासमा लाग्नुपर्ने युवाहरु दुव्र्यसनको कुलतमा फस्ने गरेको भन्दै यसमा अभिभावक, शिक्षक लगायत सम्पूर्ण सरोकारवालाहरु लाग्नुपर्ने बताउनुभयो । युवाहरुलाई कुलतबाट बचाएर सीप सीकाई सिपको माध्यमवाट आर्थिक रुपमा सक्षम बनाउन आवश्यक भएको उहाँको भनाई छ । युवाहरुलाई सिप विकास गरेर मानसिक रुपमा परिवर्तन ल्याउन सकेमा देशको विकास गर्ने सहज हुने उनको भनाई रहेको छ । घोराही उपमहानगरपालिकालाई लागु औषध मुक्त बनाउनकालागी आफूले काम गर्ने उहाँको भनाई थियो । केन्द्रका सदस्य तथा कार्यक्रम संयोजक वसन्त पुनको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण केन्द्रका सचिव आर.के. शीतलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*