Home / Feature Breaking news / नागेश्वर मन्दिर परिसरमा शिव मन्दिर निर्माण

नागेश्वर मन्दिर परिसरमा शिव मन्दिर निर्माण

राप्ती सन्देश समाचारदाता
घोराही, ३१ साउन  

घाराही उपमहानगरपालिका वडा नम्वर १८ दिपज्योति टोलका स्थानीयले चन्दा र श्रमदानबाट नागेश्वर महादेव पार्वति मन्दिर परिसरमा शिव मन्दिर स्थापना गरेका छन् ।

दिपज्योति टोल विकास संस्था र मन्दिर व्यवस्थापन समितिको पहलमा ४ लाख ७ हजारको लागतमा उक्त मन्दिरको निर्माण गरिएको बताइएको छ । मन्दिरको विहिवार उद्घाटन गरिएको छ ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले मीनदरको उद्घाटन गर्नुभएको हो । मन्दिरको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले जिल्लालाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउनको लागि धार्मिक क्षेत्रको विकास अनिवार्य भएको बताउनुभयो ।

साथै उहाँले यस क्षेत्रलाई धार्मीक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । चौधरीले पछिल्लो समय समुदायको सामाजिक संरचनाको विकासको लागि जनताहरु सक्रिय भएर लागेको भन्दै खुसि व्यक्त गर्नुभयो । विकास गर्ने क्षमता, आट, श्रम र पैसा सबै समुदायसँग भएको दावि गर्दै प्रमुख चौधरीले सरकारले त जनताको काममा हौसला प्रदान गर्ने बताउनुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ऋखीराम पुरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका वडा नम्वर १५ का वडा अध्यक्ष रमेश पाण्डेले यो नागेश्वर मन्दिरमा दलित महिला पुजारी भएकाले पनि देशकै नमूना मन्दिर रहेको बताउनुभयो ।उहँले यसको विकासालागि आफूले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष हर्क घर्ति, वडा नम्वर १८ का सदस्य कृष्ण घर्ति, पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितल, हास्य कलाकार कमल गाउले, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक रन्जन अवा, चन्दादाता सुवास गौतम, भरतमणि शर्मा लगायतले मन्दिरको उन्नतीको लागि लगिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा मन्दिरलाई चन्दा दिई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष ज्ञानबहादुर रायमाझीले मन्दिर निर्माण र नागेश्वर मन्दिरको बारेमा जानकारी गराउनुभएको थियो ।

दीपज्योति टोल विकास समितिका अध्यक्ष यज्ञराज खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन मानबहादुर विकले गर्नुभएको थियो ।

कार्यक्रमको संचालन सचिव केशव केसीले गर्नुभएको थियो । यसैबीच कार्यक्रममा मन्दिर व्यवस्थापन समितीले भक्तजनहरुको लागि करिव साढे दुइै लाखको लागतमा मन्दिर जाने बाटोमा ३ कोठे शौचालय समेत निर्माण गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*