Home / Feature Breaking news / दुईतिहाईको सरकारवाट समृद्धिको अनुभुति भएनः पूर्व अध्यक्ष ढकाल

दुईतिहाईको सरकारवाट समृद्धिको अनुभुति भएनः पूर्व अध्यक्ष ढकाल

शरद रेग्मी

दाङ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले मुलुकमा दुई तिहाई बहुमतको सरकार गठन भएको नौ महिनासम्म भैसक्दा पनि समृद्धिको अनुभुति हुन नसकेको बताएका छन ।

रिपोर्टर्स क्लव नेपाल प्रदेश नम्ंर ५ दाङले आइतवार दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष ढकालले यस्तो बताएका हुन । मुलुक कम्तिमा २० बर्ष अन्योलको वातावरणमा रहंदा पनि व्यवसायीहरुले कहिल्यै हौसला नगुमाएर मुलुकलाइ गतिशिल बनाउन लागी परेको स्मरण गर्दै उनले अन्योल र अस्थीरतामा पनि व्यवसायीहरु हतोत्साहित नभएको बताएका थिए ।

रिपोर्टर्स क्लव प्रदेश नंवर ५ का अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष ढकालले गुजारामुखी अर्थतन्त्रलाई प्रतिस्थापन गरी निर्यातमुखी अर्थतन्त्रको विकास भएमात्र मुलुकमा आर्थिक समृद्धिको लक्ष हासिल हुने बताएका थिए । ‘लगानीमैत्री वातावरण सरकारले बनाइदिनुपर्यो, त्यसमा हातेमालो गर्न हामी सम्पुर्ण व्यवसायीहरु तयार छौं’—पूर्व अध्यक्ष ढकालले भने,‘सरकारले व्यवसायीहरुलाइ हतोत्साहित होइन, उर्जाशील बनाउन आवश्यक छ ।’

साक्षातकार कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले दुईतिहाइ बहुमतको सरकारबाट व्यवसायीहरुले आर्थिक समृद्धिको धेरै आशा गरेको बताउंदै समृद्धिको न्यानो ताप अझै पाइ नसकेको बताए । ‘अझैपनि आशावादी छौं, हतोत्साहि भएका छैनौं, तर राज्यले देखिने खालका अर्थपूर्ण आर्थिक समृद्धिको अभियान चालोस भन्ने शुभकामना दिनचाहन्छौं’—प्रधानले भने ।

साथै उनले समृद्धिको यो अभियानमा दाङका पूर्वपश्चिम र उत्तरदक्षिणमा रहेका धार्मिक धरोहरहरुले आशिर्वाद प्रदान गरुन भन्ने कामना पनि गरेका थिए । त्यस अवसरमा बोल्दै उद्योग वाणिज्य महासंघका अर्का उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दाङमा एग्रो इन्डिस्ट्रीजको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यसको वातावरण बनाइदिन स्थानीय सरकारलाई आग्रह गरेका थिए । ‘यहाँं कृषिजन्य उद्योगको भरपुर सम्भावना छ, यद्धपि खुर्सानीदेखि बेसारसम्म उल्लेख्य रुपमा आयात भैरहेको देखिन्छ, यसलाई कृषिजन्य उद्योगलेसमन्वय गर्न सक्छ’—उपाध्यक्ष ढकालले भने ।

त्यसैगरी उनले जिल्लामा नदिनाला र प्राकृतिक श्रोतबाट आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको प्रस्ट्याएका थिए । रिपोर्टर्स क्लव दाङका उपाध्यक्ष वालाराम खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव विमल गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*