घाेराही, २६ साउन
दाङमा अज्ञात समूहले गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी गरेको छ ।
शनिवार मध्यरातमा जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको छ ।
आगलागी बाट रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।
गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिशरमा पार्किङ गरेर राखिएको उक्त गाडी कस्ले र किन आगजनी गरेको हो ? भन्ने कुरा खुल्न नसकेको प्रहरीले बताएकाे छ ।
राति १२: ३० बजे गाउँपालिकाको अध्यक्षको गाडीमा आगजनी भएको खवर प्रहरीले पाएकाे थियाे । खबर पाए लगत्तै कमिरेचाैर प्रहरी चाैकीबाट प्रहरी आगो निभाउन पुगेकाे थियाे ।
विप्लव समुहले अागजनी गरेकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ । जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डे सहितकाे प्रहरी टाेली घटना स्थलमा पुग्दै गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।