Home / Feature Breaking news / लागुऔषध ब्राउन सगुरसहित ३ जना पक्राउ

लागुऔषध ब्राउन सगुरसहित ३ जना पक्राउ

दाङ,७ साउन । दाङमा लागुऔषध ब्राउनसुगरसहित तीन जना एकैदिन पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना महिला र दुई जना पुरुषहरु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले बुधवार फरक फरक ठाउँबाट उनीहरुलाई पक्राउ परेको छ । प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१३ डम्वरगाँउमा खटिएको इलाका प्रहरी कायालय तुलसीप्ुरको चेिकङमा टोलीले चेकजाचका क्रममा तुलसीपुर–१ पैयाखोरे निवासी १८ बर्षीय प्रेमप्रकाश विक र तुलसीपुर ५ निवासी १४ बर्षीय किरण विकलाई पक्राउ गरेको हो ।

प्रहरीले प्रेमप्रकाश विकले चलाएको रा ५ प ८५१५ नम्वरको नेपालगंजबाट तुलसीपुरतर्फ आउँदै गरेको मोटरसाइकल रोकी चेकजाच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको थियो । चेकजाचका क्रममा किरण बिकले लगाएको मास्कभित्र लुकाईपिपाई राखेको अवस्थामा ३ परिया दुई ग्राम लागुऔषध ब्राउन सुगरसहित उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । त्यसैगरी प्रहरीले बुधवार नै तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाँउबाटै सात ग्राम लागुऔषध ब्राउनसुगरसहित एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले नियमित चेकजाचका क्रममा नेपालगंजबाट तुलसीपरतर्फ आउदै गरेको ना ४ ख ७२९४ नं.को बसमा तुलसीपुरतर्फ आउँदै गरेकी तुलसीपर उपमहानगरपालिका–६ भिआईपी टोल निवासी ४५ बर्षीय चामुकुमारी विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिएका छन् । आफुले बोकेको लेडिज ब्यागभित्र लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*