दाङ, १३ साउन
सल्यानमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाका कुपिन्डे नगरपालिकामा नास्पतीको रुखबाट खसेर एक जनाको मृत्यु भएको हो । बनगाड कुपिन्डे नगरपालिका ३ काभ्राका ४७ वर्षे चन्चल पुनको रुखबाट खसेर मृत्यु भएको हो । शुक्रवार दिउसो घर नजिकैको रुखमा चढेर नाम्पती टिप्दा खसेर गम्भीर भएका पुनलाई अस्पताल नर्पुयाउँदै मृत्यु भएको हो । नजिक अस्पताल नहुँदा पुनको मृत्यु भएको स्थानीय शिक्षक इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।
