Home / Feature Breaking news / मैत्रीपूर्ण खेलमा रेडियो तथा टिभीमा कार्यरत पत्रकारको समूह बिजयी

मैत्रीपूर्ण खेलमा रेडियो तथा टिभीमा कार्यरत पत्रकारको समूह बिजयी

दाङ,१६ चैत । नेपाल पत्रकार महासंघको ६४औं बार्षिक उत्सवको अवसरमा दाङमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । महासंघ दाङ शाखा र नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ को सयुक्त आयोजनामा विविध कार्यक्रम गरि बार्षिक उत्सव मनाईएको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमको प्रमुख आतिथ्यतामा निशुल्क आखाँ जाँच तथा स्वास्थ्य शिविरको उद्घाटन गरिएको थियो ।
स्वास्थ्य शिविरमा ६५ जना पत्रकारहरुको आखाँ चेकजाच तथा स्वास्थ्य परिक्षण गरिएको थियो । निशुल्क आँखा जाँच तथा स्वास्थ्य शिविर नेत्रज्योति संघ र गोर्खा हस्पीटलको सहयोगमा गरिएको थियो ।
त्यस्तै घोराहीको भरतपुर खेल मैदानमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगिताको फाइनल खेलमा रेडियो तथा टिभीमा कार्यरत पत्रकारहरुको टिम बिजयी भएको छ । चार पत्रकारहरुको टिमले सहभागिता जनाएको प्रतियोगितामा पत्रपत्रिकामा कार्यरत पत्रकारहरुको टिमलाई ० का विरुद्ध एक गोल गर्दै रेडियो तथा टिभीमा कार्यरत पत्रकारको टिम बिजयी भएको हो ।

sbin

टिमको जितका लागि कपिल लामिछानेले एक गोल गरेका थिए । निकै प्रतिष्प्रधात्मक खेलमा पत्रपत्रिकामा कार्यरत पत्रकारहरुको टिमका खेलाडीहरुले चार्ज गरेपनि गोलकिपरले रोक्न सफल भएका थिए ।
त्यस अघि भएको सेमिफाइन खेलमा रेडियो तथा टिभीमा कार्यरत पत्रकार समुह अनलाइनमा कार्यरत पत्रकार समूह र पत्रपत्रिकामा कार्यरत पत्रकारहरुको समुह नेपाल पत्रकार महासंघ प्रदेश नं ५ समुहलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

दाङ जिल्ला फुटवल संघ र नेपाल मगर संघ दाङको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा डिएन दाहाल, शिवहरी शर्मा, खुम बहादुर वली र बिनोद विकले रेफ्रीको भुमिका निर्वाह गरेका थिए । प्रतियोगितामा प्राथमिक उपचारको व्यवस्था संगल पोलिकिल्निकका श्याम गिरीले गरेका थिए ।

त्यस्तै महिला पत्रकारका लागि गरिएको घैंटाफोर प्रतियोगितामा नारायणी रजौरे प्रथम भएकी थिइन । त्यस्तै कुर्सी दौड प्रतियोगिता अन्जना चौधरी प्रथम, निरला अर्याल द्धितिय र अमिता चौधरी तृतिय भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*