Home / Feature Breaking news / राष्ट्रिय स्तरको संस्था बन्दै महिला सामुदायिक लघुवित्त

राष्ट्रिय स्तरको संस्था बन्दै महिला सामुदायिक लघुवित्त

दाङ, २ भदौ

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा परिणत हुने भएको छ । नेपाल राष्ट्रबाट ‘घ’ वर्गको वित्तीय संस्थाको अनुमति पाएको यस वित्तीय संस्था राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा परिणतको तयारी गरेको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले सुरु गरेको लघुवित्त कार्यक्रमलाई २०६० बाट नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि वित्तीय मध्यस्तकर्ताको कार्यक्रम सफल रुपमा सञ्चालन गरेको थियो ।

लघुवित्त कार्यक्रमको सफलता पश्चात २०७५ सालमा महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाको रुपमा दर्ता भई लघुवित्त सेवा सञ्चालन गर्दै आएको यस संस्था राष्ट्रिय स्तरको संस्थाको रुपमा परिणतको अन्तिम तयारीमा रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिनुभयो । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था र पोखरा स्थित जाल्पा लघुवित्त वित्तीय संस्था लिमीटेड एक आपसमा गाभिने सम्झौता भईसकेको र छिट्टै राष्ट्रिय स्तरको लघुवित्त संस्थाको रुपमा परिणत हुने योगीले जानकारी दिनुभयो ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको प्रथम साधारण सभाको अवसरमा यस्तो जानकारी दिईएको हो । सभामा संस्थाको आगामी दिनको दिनको योजनाबारे जानकारी गराउदै संस्थाका वरिष्ठ प्रवन्धक पवन योगीले राष्ट्रिय स्तरको वित्तीय संस्था निर्माण गरि आधुनिक तथा प्रविधीमैत्री लघुवित्त सेवा प्रदान गर्ने जानकारी दिनुभयो । संस्थाका सदस्यहरुले उत्पादन गरेको सामाग्रीहरुलाई खरिद र विक्री गर्नकालागी सहजता दिने उद्धेश्यकासाथ सुरु गरिएको हरियो बजारको स्तरवृद्धि गरि १ हजार लिटर बराबरको दुग्ध प्रसोधन केन्द्र स्थापना गरि सदस्यहरुलाई पशुपालन तर्फ आकर्षीत गरि स्वरोजगार निर्माण गर्ने योजना आगामी दिनमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका १० जिल्लामा २५ वटा शाखा कार्यालयहरु स्थापना गरेर ५ हजार ५ सय भन्दा बढि सदस्यहरुमा सेवा पु¥याएकोे महिला सामुदायिक लघुवित्त व्रित्तीय संस्था लिमीटेडमा हाल ४१ हजार ५ सय ७६ जना महिला रा४ सय २ जना पुरुष गरि ४१ हजार ९ सय ७८ जना सदस्यहरु आवद्ध रहेका छन् ।

1

‘स्वच्छ लघुवित्त हाम्रो पहिचान, घर घरमा रोजगारी हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लघुवित्त सेवा प्रदान गरेको संस्थाले सक्षम वित्तीय पँहुच अभिवृद्धि परियोजनाको सहकार्यमा १० वटा शाखाहरु विस्तार गरेको, १३ सय परिवारलाई वित्तीउ साक्षरतामार्फत बचत, ऋणकोे सही सदुपयोग, रेमिटान्स, बीमा तथा उद्यमशीलता सम्बन्धी सचेतना प्रदान गरेको संस्थाका परिष्ठ प्रबन्धक पवन योगीले जानकारी दिनुभयो ।

१२ जना प्राविधकहरु परिचालन गरि पशुजन्य तथा कृषीजन्य उत्पादनमा सहयोग गरिरहेको, कृषीजन्य उत्पादनलाई वृद्धि गर्न पकेट क्षेत्र बनाई प्राविधीक सहयोग गरिरहेको, ६ सय ६२ वटा तालिमहरु सञ्चलान गरेर ८ हजार ५ सय ६० जनालाई व्यवसायमुखी बनाउनकालागी प्राविधीक तालिम, १ हजार ८ सय परिवारमा घरभेट, ४ हजार ५ सय सदस्यहरुलाई व्यवसायीक बनाउन परामर्श तथा व्यवसाय पर्वद्धन सेवा प्रदान गरेको, २५ वटा शाखाका ट्याब्लेट बैंकीङ र एसएमएस बैंकीङ सञ्चालनमा रहेको छ ।

संस्थाले एक वर्षको अवधीमा कोरोना भाईरसबाट प्रभावित विपन्न परिवार तथा सदस्यहरुलाई स्थानीय गाँउपालिकासँग समन्वय गरि १२ लाख ६० हजार बराबरको खाद्यान्य, मास्क, पिपीई सेट वितरण गरेको, क्वारेनटाईनमा रहेका महिला तथा बालबालिकाहरुलाई सेनेटरी प्याड र सर्बोत्तम लिटो प्रदान, ६ सय जना बालबालिकाहरुलाई औपचारिक शिक्षा कक्षा १ देखी १२ सम्म सहयोग गरिरहेको, जसमध्य त्रिवेणी गाँउपालिका रोल्पामा बम विष्फोटबाट निधन भएका परिवारलाई आर्थिक सहयोग गरेको, २२ विद्यालयहरुसँग समन्वय गरि विद्यालयको आर्थिक पूर्वाधार विकासमा सहयोग गरेको छ ।

लघुवित्तमा आवद्ध सदस्यहरुको सफलताकाृ कथालाई रेडियो कार्यक्रममार्फत प्रशारण गरेको, एक वर्षमा ६ सय ८७ जना सदस्यलाई २३ लाख ७१ हजार रुपैया सुत्केरी सुविधा प्रदान, ४४ जना सदस्यहरुलाई ६८ लाख ३६ हजार रकम ऋण बिमा सुविधा प्रदान गरिएको र ७८ जना सदस्यहरुलाई श्रीमानको मृत्यू पश्चात ७ लाख ७५ हजार रुपैया गरिएको छ । यस्तै आगलागी तथा दैवी प्रकोपबाट प्रभावित २९ जना सदस्यहरुलाई १ लाख ३३ हजार रुपैया सहयोग प्रदान गरिएको, ४ जना सदस्यहरुलाई मेटलाईफ ईन्सुरेन्स मार्फत १ लाख ७६ हजर रुपैया सहयोग गरिएको छ ।

संस्थाका अध्यक्ष गीताकुमारी गिरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लीला शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाले ग्रामीण स्तरमा रहेका महिलाहरुलाई वित्तीय सेवा दिन सफल भएको भन्दै संस्थाको प्रशंशा व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारीहरु नायव कार्यकारी प्रमुख शारदा शर्मा, प्रबन्धक यमला गौतम, सुरज शर्मा, शाखा प्रबन्धक विपना घिमीरे, कमलबहादुर महरा, वरिष्ठ फिल्ड सहायक यादव देवकोटा, पार्वता केसी र उत्कृष्ट शाखाको रुपमा मुर्कुटी शाखालाई सम्मान गरिएको थियो ।

यस्तै कोरोना भाईरसको समयमा निशुल्क मास्क वितरण गर्ने युवा विरबहादुर खत्री (विरु), दाङ महिला जेसीजका अध्यक्ष जीवा भुषाललाइ सम्मान गरिएको थियो । कार्यक्रममा कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने, रेडीयो स्वर्गद्धारीका समाचार सम्पादक बसुन्धरा गौतम, दाङ महिला जेसिजका अध्यक्ष जीवा भुषालले शुभकामना मन्तव्व व्यक्त गनुभएको थियो । संस्थाको सञ्चालक समितिका सदस्य शीवा योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सञ्चालक समितिका सदस्य सुष्मा गौतमले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सस्थाका नायव कार्यकारी प्रमुख शारदा शर्मा र वरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*