Home / Feature Breaking news / ब्याटमिन्टनमा भविष्य खोज्दै सुरज

ब्याटमिन्टनमा भविष्य खोज्दै सुरज

दाङ, २७ कार्तिक । व्याटमिन्टन खेलाडी सुरज गुप्ता ‘लडडु’लाई खेलाडीका रुपमा अघि बढुला भनेर लागेको थिएन । तर संयोगले ब्याटमिन्टर खेल हेर्ने अवसर पाएका लडडु अहिले नेपाल व्याडमिन्टन संघले गरेको खेलाडी बर्गीकरणमा अन्डर एज रुपमा राष्ट्रिय खेलाडीका रुपमा छैठौ नम्वरमा परेका छन् । जसले गर्दा उनी दंग मात्र परेका छैनन्, खेल क्षेत्रमै भविष्य खोज्न संघर्षरत छन् ।

ब्याटमिन्टन खेलसँग जोडिएको लामो अनुभव उनीसँग नभएपनि खेल क्षेत्रको प्रगति भने प्रशंसनीय छ । करिव आधा दशक अघि सम्म ब्याटमिन्टन खेल भनेको के कस्तो खेल हो भन्ने सम्म थाहा थिएन उनलाई । तर संयोग पनि कस्तो भने पाँच बर्ष अघि घोराही क्षेत्रका केही ब्याटमिन्टन खेलाडीहरुले उनको घर अगाडी नै अर्थात घोराही उपमहानगरपालिका–१४ अन्तर्गत गणेश मन्दिर देखि पूर्वतिर रहेको खानेपानीको ट्याङकी नजिकैको खुल्ला जमिनलाई ब्याडमिन्टन कोर्डका रुपमा निर्माण गरे । र, त्यही ठाउँमा खेल्न थालेपछि उनको ध्यान व्याटमिन्टन तिर तानियो ।

उनलाई ब्याटमिन्टनले ककलाई हानेर खेलेको देख्दा रमाइलो लाग्थ्यो र त्यहीले गर्दा खेलाडीहरु बिहान खेल्न आएपछि उनी उठेर खेल नसकिदा सम्म नजिकै बसेर हेरिरहन्थे । आफ्नै घर अगाडी खेलिने उक्त खेल बुझ्नसँगै कोर्डमा प्रवेश गर्नका लागि उनलाई करिव छ महिना सम्म खेललाई हेरेरै बस्नुप¥यो । विगतलाई सम्झदै उनी भन्छन,‘घरमा टिभी थिएन । अहिले जस्तो इन्टरनेटको समय पनि थिएन । त्यसैले गर्दा मैले विहानै उठेर दाईहरु खेल्न आएपछि कतै नगएर ब्याटमिन्टन खेल खेलेको हरिरहन्थे । हेर्दै गर्दा कहिले काही बल आफ्नो छेउमा आउथ्यो ।

त्यो बल छुन पाउँदा मन दंग हन्थ्यो ।’ प्राय सधै नै खेल हेर्न जान थालेपछि खेल्ने दाईहरुले राम्रो मानेर बोलाउन थालेपछि नजिक हुने अवसर मिलेको उनी बताउँछन् । यसरी करिव छ महिना खेल हेरेपछि खेलका बारेमा जानकारी लिए । खेलले आफ्नो ध्यान तानेपछि उनी दैनिक रुपमा उक्त ठाउँमा जाने र खेल हेर्न थाले । उनी दिन हु खेल मैदानमा पुग्न थालेपछि उक्त कोर्डमा खेल खेल्ने दाईहरुले मलाई बाहिर गएको बल पु¥याउन पठाउने र सिक्नका लागि पुराना, भाचिएका ब्याटमिन्टन र कक दिन थाले ।

उनले केही साथीहरु बनाएर त्यही ब्याटमिन्टन र बलहरु सडक मै खेल्न थाले । उनको खेलप्रतिको त्यो लगाव र भाचिए कै ब्याटमिन्टन बाट पनि राम्रो खेल्न सक्ने हुन थालेपछि काहिले काही कोर्डमा कुनै खेलाडी थकित भएको समयमा वा खेलको अन्तिमतिर मौका पाउन थाले । त्यही मौकाले उनलाई कोडमा आफ्नो खेल देखाउने अवसर समेत मिल्यो । कोडमा निरन्तर रुपमा खेल्ने खेलाडीहरुसँग खेल्न पाउँदा उनले खुशी हुँदै आफ्नो मेहनतले खेल्ने गर्थे । छोटो समयमै उनले खेलमा गरेको प्रगति र लगावले गर्दा अग्रजहरुले प्रशांस गर्दथे ।

उनमा राम्रो सम्भावना देखेपछि अग्रजहरुले नै उनलाई घोराही कवर्ड हलमा थप सिक्नका लागि पठाए । त्यहाँ खेल्ने र सिक्ने अवसर पाएपछि उनको खेलमा थप सुधार हुँदै गयो । खेलसँगै उनले व्याटमिन्टन सम्वन्धी थप ज्ञान समेत हासिल गर्ने अवसर पाए । जसले गर्दा उनलाई थप निर्खादै लग्यो । जसको परिणाम अभ्यास खेलमा राम्रो गर्दै गए । त्यसपछि पहिलो पटक दाङमा भएको जिल्लास्तरीय प्रतियोगितामा सहभागी भए तर उनले सफलता भने प्राप्त गर्न सकेनन् । उनले खेलमा थप सुधार गरे ।

त्यसमा उनलाई अग्रज खेलाडी सन्जीव श्रेष्ठ, रोशनमान श्रेष्ठलगायतले उनलाई खेलमा अघि बढन हौसल्ला गर्ने काम गरे । त्यो हौसल्लाले उनलाई खेलमा अघि बढन उर्जा दिनेकाम गरेको उनी बताउँछन् । त्यसपछि उनले जिल्ला, क्षेत्र, प्रदेश हुँदै राष्ट्रिय तथा केही अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा समेत सहभागी भैसकेका छन् । उनका अनुसार उनी पुष्पलाल स्मृति राष्ट्रिय प्रतियोगिता, २०७७ सालमा नेपालगंजमा भएको प्रदेशस्तरीय ओपन व्याटमिन्टन प्रतियोगितामा डवल तर्फ शिव थापासँग जोडीमा प्रथम, २०७८ बुटवलमा भएको प्रदेशस्तरीय म्यान्स सिंगल प्रतियोगितामा प्रथमसँगै दाङ जिल्लासँगै विभिन्न स्थानमा भएका प्रतियोगिताहरुमा उत्कृष्ठ प्रदर्शन गर्ने गर्दछन् ।

उनी २०७५मा बिराटनगरमा भएको व्याटमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भए तर सफलता प्राप्त गर्न सकेनन् । ब्याटमिन्टन प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्दै आएका घोराही उपमहानगरपालिका–१४ शिवमन्दिर टोल निवासी १८ बर्षीय खेलाडी सुरजलाई सवैले व्याटमिन्टका लडडु भनेर चिन्छन । बास्तविक नाम सुरज भएपनि खेल क्षेत्रसँगै आफन्तहरुमा लडडु नामले चिनिने उनलाई अहिले लडड् नाम नै प्यारो लाग्ने गरेको बताए ।

करिव चार पाँच बर्षको अवधिमा करिव ३५ बढी खेलहरुमा उत्कृष्ठ प्रदेश गरेका उनलाई अहिले घोराहीमा रहेको पद्मोदय पव्लिक नमूना माध्यमिक विद्यालयले नि शुल्क रुपमा पढाउन थालेको छ । लालीगरास बोर्डिङ स्कुलबाट औपचारिक शिक्षा सुरुवात गरेका उनले अल्फा बोर्डिङ स्कुलबाट एसईई पास गरेर पद्यमोद्धयमा कक्षा १२ मा अध्ययनरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*